Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा प्रहरीले ७७ हजार रुपैयाँ बराबर मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ । आज बिहान धनगढी उपमहानगरपालिका–३ बिशालनगरबाट लेगिज, सुपरपावर, बिँडी, आन्टी लगायतका सामाहरु फेला पारेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले फेला बरामद गरेको मालसामान भन्सार कार्यालयमा बुझाईएको छ । यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा शुक्रबार बिहान भन्सार छलेर ल्याएको ३५ हजार रुपैयाँ मूल्य बराबरको अण्डा, डिउ(पेय पदार्थ), प्लाष्टिक, गुट्खा, बिँडीलगायतका सामान फेला पारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको बताइएको छ ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन मेडिकल स‌ंरचनामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनु पर्ने बताएका छन्। काठमाडौंमा आयोजित स्वास्थ्य सरोकार समूहको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्ने निर्णय गरेकाले सोही अनुरूप अगाडि बढ्नु पर्ने धारणा राखे। २०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेको र सानो घर पनि बनाएको स्मरण गराउँदै महरले भने, ‘शंकराचार्यले नै २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गर्नु भएको हो। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७…

Read More

धनगढी : सुदूरपश्चिमको तराई क्षेत्रमा गर्मी बढेको बढ्यै छ। विषेशगरि कञ्चनपुर र कैलालीमा गर्मी अत्यधिक बढिरहेको छ। गर्मी बढेसँगै यहाँका विद्यालयहरु बन्द हुने क्रम पनि बढेको छ। पछिल्लो एक साताको अवधिमा कैलाली र कञ्चनपुरको तापक्रम लगातार उकालो लागेको छ। धनगढी लगायतका क्षेत्रमा अचेल तापक्रम ४० डिग्री नाघ्ने गरेको छ। तर, आगामी बिहीबारबाट तापक्रम घट्ने भूउपग्रहमा आधारित मौसम पूर्वानुमान अनलाइन सेवा वेदर डटकमको प्रक्षेपण छ। आज (शुक्रबार) मध्यान्ह कैलाली र कंचनपुरको तापक्रम ४० डिग्री पुगेको छ भने शनिबारदेखि गर्मी झन् बढ्ने पूर्वानुमान छ। यस्तै सुदूरपश्चिममा यस वर्ष ढिलो गरेर १३ असारमा मात्रै मनसुन भित्रिने मौसम विज्ञान विभागको पूर्वानुमान छ।

Read More

बैतडी : बैतडीको मेलौलीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । आज बिहीबार बिहान मेलौली नगरपालिका–३ का ३८ वर्षीय देवबहादुर चन्दको मेलौलीकै भिटा भीरबाट एक सय मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट गएको प्रहरी टोलीले अहिले अनुसन्धान गरिरहेको बताइएको छ ।

Read More

काठमाडौँ : सरकारले आधा दर्जन बढी सचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम, योजना आयोग,खानेपानी, उद्योगलगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । सरुवा हुनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने श्रममा राष्ट्रिय योजना आयोगका सचिव केबल भण्डारीलाई पठाइएको छ । भण्डारीले पहिलो पटक मन्त्रालय पाउँदै छन् । सचिव भण्डारीको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग)का सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको छ । उद्योग भने तत्काललाई खाली राखिएको छ । यसैगरी खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यहाँका सचिव रामआधार साहलाई खानेपानीमा पठाइएको छ ।

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश यात्रामा रहेकै बेला नेपाल प्रहरीका उपत्यका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली पनि संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । फ्लाई दुबईको एफजेड ११३४ उडानबाट उनी आज बिहान प्रस्थान गरेका हुन् । एआइजी ज्ञवाली बिहान सवा ९ बजे काठमाडौँबाट दुबईका लागि उडेका थिए ।

Read More

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलव पाएका छैनन् । नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन् । स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी र सहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएका हुन् । सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक नयन बहादुर सिंहले जानकारी दिए। गत माघ महिनादेखि नेपाल सरकारका करिब ४० जना कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए। नगरपालिकाले…

Read More

काठमाडाैं : टिकापुर घटनामा संग्लन आरोपमा तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैद तोकिएका रेशम चौधरीलाई छाडिनु विवादास्पद रहेको राष्ट्रिय सभाको सांसद् हरिराम चौधरीले बताएका छन्। शुक्रबार राष्ट्रिय सभामा बजेटमाथी चलेको छलफलमा बोल्ने क्रममा चौधरीले रेशम चौधरीलाई छाडिएर सोही मुद्धामा पक्राउ परेका अरु सामान्य थारु युवा तथा नेतालाई नछोडिनुमा शंका व्यक्त गर्दै यसले समाजमा अर्को वितण्डा मच्याउने प्रयास भएको बताएका छन्। उनले भने,’टिकापुर घटनामा दुई दर्जन बढि पक्राउ परेका छन्। सर्वस्वसहित जन्मकैद पाएका रेशम चौधरीलाई छोड्दा अरु सामान्य थारु युवा तथा नेताहरुलाई किन छाडिएन रु सरकारलाई रेशम चौधरी निर्दोष लाग्छ भने सोही घटनाका अरु सामान्य थारु नेता किन जेलमा छन्?’ उनले सरकारको…

Read More

काठमाडौं : भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ। नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ। नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय ९पोखरा, नेपालगञ्ज र लहान०मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ। सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन्। ढकालले भने, ‘स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य रु…

Read More

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ। निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको से१ज ३२९ नम्बरको जीप आज बिहान ९ बजे जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले बताए । दुर्घटनामा परि ९ जना घाइते भएको उनले बताए। घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डिएसपी भट्टले बताए। जीप चालक सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहरा रहेको र बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

Read More