Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरस्थित पार्क चोकबाट प्रहरीले भन्सार छलीको सामानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। शनिबार राति भन्सार छलेर ल्याउँदै गरेको खुर्सानी, गाजर, लौकीसहित प्रहरीले दोधाराचाँदनी नगरपालिका– ७ बस्ने ३१ वर्षीय गोविन्द चन्द र एकजना अर्का व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरुले चलाइरहेको से ४ प ६९३२ र से २ प ९९३५ नम्बरका दुईवटा मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ । दुवैजनालाई भन्सार कार्यालय बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: ब्राउनसुगरको ठूलो मात्रासहित प्रहरीले कैलालीको धनगढीका तीनजनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० दिपघाटबाट धनगढी उपमहानगरपालिका–११ का २५ वर्षीय पदमबहादुर बोहरा र ३२ वर्षीय कृष्णा राना तथा धनगदी उपमहानगरपालिका–६ बिजुलियाका ४५ वर्षीय भानु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनैजना से४प ३९७६ नम्बरको मोटरसाईकलमा सवार रहेको र चेकजाँच गर्दा उनीहरुबाट १० ग्राम आठ सय ४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त विषयमा ईलाका प्रहरी कार्यालय बेलडाँडीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली: कैलालीको टीकापुरमा सडक दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। शनिबार राति टीकापुर नगरपालिका–७ स्थित बालाजी ईट्टाभट्टा नजिकै कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का २८ वर्षीय राजेन्द्र नेगीले चलाएको से ४प ५८८२ नम्बरको मोटरसाइकलबाट एक महिलाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटा बस्ने ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीकोे टीकापुर अस्पतालमा उपचार गर्दागर्दै शनिबार राति नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय टिकापुरले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ: नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ । ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय मिनेट कल र कम्पनीकै नेटवर्कभित्र १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।  त्यसै गरी यो योजना अन्तर्गत यसअघि प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुस्ट नौ जिबी डेटा उपलब्ध हुने छ ।

Read More

काठमाडौं: वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने ? भन्ने बारे जानकारी दिएकी छिन्।  पहिलो दिन अर्थात आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन विन्दुले सुझाव दिएकी छिन्। उनका अनुसार यी सबै रंगहरूले तपाईको जीवनमा रंग थप्न काम गर्नेछ। यसले तपाईको जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ। यो ‘कलर थेरापी’ अपनाएर तपाईको मन पनि शान्त रहनेछ।यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ। यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको बेला भारतले नेपाललाई पानी दिने सहमति भएको छ। महाकाली सन्धि भएको २७ वर्षपछि भारतले नेपाललाई पानी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।  टनकपुर लिंक क्यानल निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताको आधारमा चरणबद्ध रूपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ हुने क्षेत्रमा नहरबाट पानी छोड्ने दुई पक्षमा सहमति भएको दूतावासले जनाएको छ। यसअघि २०७९ असारमा टनकपुर लिंक क्यानलबाट पानी छाडेर नहरको परीक्षणसमेत गरिसकेको छ। त्यतिबेला २२ किलोमिटरसम्म पानी प्रवाह भएको थियो। ४८ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर नहर तयार भइसकेको छ। यसले तीन हजार हेक्टर जमिनमा मात्र सिँचाई पुग्नेछ।…

Read More

धनगढी: धनगढीमा युवाहरुको लफडा भएको छ। आज (शनिबार) राति धनगढीको हसनपुर क्षेत्रस्थित बाल्मिकी इन्टरनेश्नल स्कुल अगाडि लफडा भएको हो। लफडा गर्ने एक युवा फरार भएको र एक जना भने खुकुरीसहित समातिएको प्रहरीले स्रोतले जनाएको छ। स्रोतका अनुसार अरु ३/४ जना युवकलाई पनि नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीले लफडा गर्नेहरुलाई समातेको हो। फरार रहेका युवाको खोजी सुरु गरिएको प्रहरीले बताएको छ। लफडाको कारण र विस्तृत विवरण खुल्न बाकी छ।

Read More

परासी: अस्पताल बनाउने जग्गामा व्यक्तिले अतिक्रमण गरी बनाइएका घर नवलपरासीको सरावल गाउँपालिकाले डोजर लगाएर भत्काएको छ। गाउँपालिकाले वडा नम्बर ५ धनगडवामा १५ शय्याको अस्पताल निर्माण गर्दै छ। सो जग्गामा व्यक्तिले अतिक्रमण गरेर बनाएको घर गाउँपालिकाले डोजर लगाएर भत्काइदिएको हो। उक्त स्थानको २ विगाहा १८ कठ्ठा जग्गा कार्यपालिकाको बैठकले अस्पतालका छुट्याएको छ। छुट्टाएको जग्गामा तीन जना स्थानीयले घर बनाएका थिए। गाउँपालिकाले पटक पटक सूचना निकालेर सम्बन्धित व्यक्तिलाई खाली गराउन ताकेता गरेपनि अटेरी गरेपछि प्रहरी प्रशासनको सहयोगमा शुक्रबार डोजर लगाएर घर भत्काइएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। तीन जनामध्ये एक जनाले पालिकाको आग्रहअनुसार जग्गा खाली गराएको र नरेश कहार र बैजनाथ…

Read More

धनगढी: सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तिव्र बनेको छ । यही जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तिव्र पारिएको हो । सोही क्रममा पतञ्जलि योगपीठका महामन्त्री बालकृष्ण आचार्य धनगढी आईपुगेका छन् । धनगढी आईपुगेका आचार्यले आफू सुदूरपश्चिमको विकास र कल्याणको लागि सदैव सोच्ने गरेको बताए । यस्तै उनले खप्तड स्वीजरल्याण्ड भन्दा पनि सुन्दर भएको दाबी गर्दै उनले यसको प्रचार र विकास गरिनुपर्ने बताए । उनले भने, ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्ड भन्दा पनि सुन्दर छ । यहाँको प्रदेश सरकारले, नेपाल सरकारले खप्तडको विकास गर्नुपर्छ, हामी यसमा सहयोग गर्छौ ।’ पतञ्जलिले खप्तडलाई…

Read More