Author: महेन्द्रनगर पोष्ट

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत जाने भएका छन्। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आज सुर्खेत जान लागेका हुन्। माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुनेछन्।

Read More

काठमाडौं-रुस र बेलारुसका राष्ट्रपतिबीच आज भेटवार्ता हुँदैछ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भेटवार्ता गर्ने भएका हुन्। रुसको राजधानी मस्कोमा हुने भेटवार्तामा जारी युद्ध रोक्ने सन्दर्भमा कुराकानी हुन लागेको रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले बताएका छन्। उनले पत्रकारहरूसँग भने, “हो बेलारुसी राष्ट्रपति आज मस्को आउँदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्दै हुनुहुन्छ।” चलिरहेको युद्ध अन्त्य गर्ने विषयमा केन्द्रीत रहेर दुई राष्ट्रपतिकाबीच भेटवार्ता हुन लागेको सन्देश यसअघि विभिन्न सञ्चारमाध्यमहरूले प्रकाशनरप्रशारण गरेका थिए।एजेन्सी

Read More

काठमाडौं-भक्तपुरमा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन्। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी वर्ष २८ की जेनिशा नगरकोटीको घाँटी रेटेर छातीमा चक्कुले रोपेर हत्या गरी चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा गत सोमबार राति फेला परेको थियो।

Read More

तुलसीपुर-दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । “लोकतान्त्रिक आन्दोलन र यहाँको विकासका लागि पनि उहाँहरूले खेलेको भूमिका महत्वपूर्ण छ”, उनले भने, “त्यसैले पनि उहाँहरूको योगदानलाई हामीले मूल्याङ्कन गरेर सम्मान गरेका हौँ ।” सबै स्थानीय तहले पुराना जनप्रतिनिधिलाई सम्मान गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले बताइन् । “हामीले स्थानीय तहमा नमूनाकार्य गरेका छौँ”, उनले भनिन्, “यो सबै स्थानीय तहले यसरी नै सम्मान गर्नुपर्छ ।” तत्कालीन गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष…

Read More

काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आयोगले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराउँदै आगामी रणनीतिबारे छलफल गर्न दलहरुलाई बोलाएको हो। आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज (शुक्रबार) बिहान ११ः३० बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले…

Read More

बाजुरा- घर-घरमा धारा पुगेपछि बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका स्थानीय सुखी भएका छन्। पुस्तौंदेखि खानेपानीको जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने उक्त गाउँमा धारा पुगेपछि खुसी भएका हुन्। चौराटाका स्थानीय पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए। यसअघि गाउँमा खानेपानी नहुँदा डेढ २ घण्टा टाढा हिडेर कुवा तथा खोलाको पानी उपभोग गर्नुपर्ने समस्या थियो।घण्टौ लागाएर कुवाबाट पानी भरेर उपयोग गरिरहेका यस गाउँमा घरघरमा धारा आउँदा आफूहरु खुसी रहेको स्थानीय लाली विष्टले बताएकी छन्। कुनै बेला रातभरी कुवामै बसेर पनि पानी जोहो गर्नु पथ्र्यो, कुनै दिन त पानी भर्ने पालो कुर्दा कुर्दै रात अथवा दिन वित्थ्यो यति गर्दा पनि त्या कुवाको पानी पुग्दैन् थियो…

Read More

कञ्चनपुर-कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ। एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो। राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार चार छालाजुत्ता व्यवसायी, नौ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार, खुद्रा पसल सञ्चालक तीन, तरकारी व्यवसायी तीन र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ।“ छालाजुत्ता व्यवसायीलाई आवश्यक औजारसहित छाला, सिलाइकटाइ व्यवसायीलाई मेसिन, आरन व्यवसायीलाई मेसिन, काठका भाँडा बनाउने कार्यमा…

Read More

काठमाडौं – आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले ७९ दललाई मान्यता दिएको छ।   आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए । तर ७९ दलले मात्र मान्यता पाएका हुन्।  बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ। प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८,

Read More

काठमाडौं-प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। महाधिवेशन शनिबारसम्म चल्ने छ। शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ। शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ। २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो। महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने छ। यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको कारण रोकिएको थियो।

Read More

काठमाडौं -पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रवार बिहान देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भू(भागको मौसम भने सामान्यतः सफा रहने छ। गण्डकी, बागमती र प्रदेश १ को उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा…

Read More