बाजुरा– घर-घरमा धारा पुगेपछि बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका स्थानीय सुखी भएका छन्। पुस्तौंदेखि खानेपानीको जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने उक्त गाउँमा धारा पुगेपछि खुसी भएका हुन्।
चौराटाका स्थानीय पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए। यसअघि गाउँमा खानेपानी नहुँदा डेढ २ घण्टा टाढा हिडेर कुवा तथा खोलाको पानी उपभोग गर्नुपर्ने समस्या थियो।घण्टौ लागाएर कुवाबाट पानी भरेर उपयोग गरिरहेका यस गाउँमा घरघरमा धारा आउँदा आफूहरु खुसी रहेको स्थानीय लाली विष्टले बताएकी छन्।
कुनै बेला रातभरी कुवामै बसेर पनि पानी जोहो गर्नु पथ्र्यो, कुनै दिन त पानी भर्ने पालो कुर्दा कुर्दै रात अथवा दिन वित्थ्यो यति गर्दा पनि त्या कुवाको पानी पुग्दैन् थियो र रितै गाह्री लिएर घर फर्किनु पथ्र्यो पानी नहुँदाको दुःख पाएको कुरा विष्टले सुनाईन्।
हाल घरकै आगनीमा धारा निर्माण गरी नियमित पानी आउँन थालेपछि खुसी हुँदै दुःखका दिन अब गए विष्टले बताइन्।स्थानीयका अनुसार यसअघि यहाँका प्रत्येक घरका एक जना काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था रहेको थियो।
अब यो समस्या टरेको बताउन्छन्। एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो पानीको धारा घर–घरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ। वर्षौदेखि खानेपानीको पहल गर्दा गर्दै हाल प्रदेश सरकारले यो समस्याको समाधान गरिदिएको स्थानीय मान बहादुर विकको बताएका छन्।
रातभर पानीको लागि जागराम बस्दा सर्प, जङ्गली जनावरको डर हुन्थ्यो, भिरबाट लड्ने उत्तिकै डर थियो तर गाउँमा खानेपानी आएपछि निकै सहज भएको हो स्थानीय नन्दा विष्टले बताएकी छन्।
सुदूरपश्चिम प्रदेश सरकारको १ करोडको लागतमा चौराटाँमा खानेपानी उपभोक्ता समितिले खानेपानीको योजना निर्माण सम्पन्न गरेपछि त्यहाँका स्थानीय खानेपानी उपभोग गर्न थालेका हुन्। उक्त खानेपानी उपभोक्ता समितिले गर्दा गाउँका ९० घरधुरीका झन्डै १ हजार नागरिकक प्रत्यक्ष लाभान्वित भएका छन्।
गाउँमा ३ दशकदेखि खानेपानी अभाव भएपछि २०७१ सालबाट गाउँमा खानेपानीको जोहो गर्न स्थानीयहरु निकै लागि परेका थिए । तर कतैबाट सहयोग नभएपछि प्रदेश सरकारसँग गुहार गर्दा गाउँमा खानेपानीको सुविधा पुगेको चौराटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोद विकले बताएका छन्।