Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए। यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए । मन्त्रालयले कोभिड-१९…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर आज स्वदेश फर्कँदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आज दिल्लीबाट अपराह्न ४:२० मा नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्कने कार्यक्रम तय भएको छ । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको चाकडी गरेको आरोप लागेका डिएसपीको सरुवा भएको छ। इलाका प्रहरी कार्यालयको इन्चार्ज रहदा राम्रो काम गरेको भन्दै ख्याति कमाएका तर अस्ति रेशमलाल आउँदा हतारहतार  गएर ‘एकदम खुसी लाग्यो’ भन्दै खादा लगाउने डिएसपी उद्दबसिंह भाटको हिजो सरुवाको भएको हो।भाटले पनि थारुको सम्मान गरेको भन्दै आफ्नो सरुवा गरिएको महेन्द्रनगरपोष्टलाई बताएका थिए। उद्धव सिंह भाटलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट विशेष सुरक्षा गण सुनवल तानिएको छ। उनीसहित नेपाल प्रहरीका २ प्रहरी उपरीक्षक (एसपी) र २ डीएसपीको सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार एसपी काजीकुमार आचार्य र विनोद…

Read More

डडेल्धुरा: डडेल्धुरामा बजार अनुगमनका क्रममा भेटिएको अखाद्य वस्तु नष्ट गरिएको छ । जिल्लाको भागेश्वर गाउँपालिकास्थित भागेश्वर बजारमा शुक्रवार अनुगमन गरिएको हो । गाउँपालिकासँगै स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराको संयुक्त बजार अनुगमन टोलीले पालिकाभित्रका विभिन्न बजारमा अनुगमन गरेको बताइएको छ । अनुगमन टोलीले भागेश्वर-५ को सिराड, बुर्सा र खानीडाँडा, २ को रुइनपाटा र बयलपाटामा गरी १७ पसलमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । अनुगमनका क्रममा ७१ हजार ८० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको छ ।

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । बालबालिकाहरुले विभिन्न १३ रोगविरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको यकीन भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो । वडालाई पूर्ण खोप घोषणाका लागि स्वास्थ्यकर्मीहरुले खोप नलगाएका बालबालिकाहरुको खोजी गरी नियमित खोप कार्यक्रममा समावेश गरेका थिए । वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरेपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

Read More

काठमाडौँ: भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएको एनडीटीभीले जनाएको छ । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई…

Read More

काठमाडौँ: नेपाली दूतावास, दिल्लीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धीमुलक रहेको बताएको हो । प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई चाँडै नेपाल भ्रमणमा आउन निम्ता समेत दिएको र मोदीले सकेसम्म छिटो र उचित समयमा नेपाल आउने बताएको विज्ञप्तीमा उल्लेख छ । भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा विवादबारे छलफल गरेका थिए । दूतावासका अनुसार नयाँ हवाई रूटसहितका विषयमा पनि छलफल भएको छ । हवाई रुटको विषयमा भारतले सकारात्मक जवाफ दिएको उल्ले गरिएको छ ।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको चाकडी गरेको आरोप लागेका डिएसपीको सरुवा भएको चर्चा चलेको छ। इलाका प्रहरी कार्यालयको इन्चार्ज रहदा राम्रो काम गरेको भन्दै ख्याति कमाएका तर अस्ति रेशमलाल आउँदा हतारहतार खादा लगाउन भागेरै आएको भिडिओ सार्वजनिक भएपछि डिएसपी उद्दबसिंह भाटको सरुवाको चर्चा भएको हो। स्वयं भाटले पनि थारुको सम्मान गरेको भन्दै आफ्नो सरुवा गरिएको महेन्द्रनगरपोष्टलाई बताए। तर सुदूरपश्चिम प्रदेश प्रहरीका डिआइजी भरतबहादुर बोहराले भने उनको सरुवाबारे कुनै जानकारी नभएको बताए। उनले आधिकारिक कुनै जानकारी नआएको जिकिर गरे। यस्तै प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले पनि सरुवा भए नभएको…

Read More

धनगढी: नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो। जसमा बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्जसमेत तोकिएको छ। कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ। साथै कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन्। यसअघि लेखराज सुदूरपश्चिमको इन्चार्ज हुन्। तर उनको सरुवा छिमेकी कर्णाली प्रदेशतिर भएको हो।

Read More