धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको चाकडी गरेको आरोप लागेका डिएसपीको सरुवा भएको चर्चा चलेको छ। इलाका प्रहरी कार्यालयको इन्चार्ज रहदा राम्रो काम गरेको भन्दै ख्याति कमाएका तर अस्ति रेशमलाल आउँदा हतारहतार खादा लगाउन भागेरै आएको भिडिओ सार्वजनिक भएपछि डिएसपी उद्दबसिंह भाटको सरुवाको चर्चा भएको हो।
स्वयं भाटले पनि थारुको सम्मान गरेको भन्दै आफ्नो सरुवा गरिएको महेन्द्रनगरपोष्टलाई बताए। तर सुदूरपश्चिम प्रदेश प्रहरीका डिआइजी भरतबहादुर बोहराले भने उनको सरुवाबारे कुनै जानकारी नभएको बताए। उनले आधिकारिक कुनै जानकारी नआएको जिकिर गरे। यस्तै प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले पनि सरुवा भए नभएको भोलिमात्र थाहा हुने बताउँदै सरुवाबारे कुनै जानकारी नभएको जनाए।
Facebook Comments Box