Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ ‍: प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो । उक्त योजना आगामी साउन १ गतेदेखि लागू गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्ययोजनाले समयानुकूल साङ्गठानिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनले आज उक्त कार्ययोजना सार्वजनिक गर्दै सेवा प्रवाहमा यसले सही ढङ्गले कार्यसम्पादन गर्न सहयोग पुग्ने बताए…

Read More

धनगढी : कैलालीमा स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१२ मा खहरे खोलाले बगाएर स्थानीय भिमबहादुर खत्रीको ६ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्कुलबाट घर फर्किने क्रममा शुक्रबार बालिकालाई खहरे खोलाले बगाएको बताए । उनको खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट करिब २ किलोमिटर तल शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

पोखरा : कास्कीको वन रक्षकको परीक्षामा अर्काको नाममा परीक्षा दिने ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १५, फुलवारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र सञ्चालन भएको वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने कास्कीका ३ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कागजातहरू चेकजाँच गर्ने क्रममा कालिकोट रास्कोट नगरपालिकाका बस्ने १९ वर्षीय प्रेम भण्डारी, २० वर्षीय गौरी संज्याल र १८ वर्षीयको एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । परीक्षार्थीको नामको सक्कल नागरिकतामा आआफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको डीएसपी विकले बताए । उनीहरुलाई…

Read More

धनगढी: नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलाली च्याप्टरको अध्यक्षमा युवा व्यवसायी कुबेर शाही निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो। मञ्चको फस्ट भाइस प्रेसिडेन्टमा तर्कराज भट्ट र सेकेन्ड प्रेसिडेन्टमा अच्युत दाहाल चयन भएका हुन्।यस्तै कार्यसमिति सदस्यहरुमा भने शिवराज ओझा, आयुश हमाल, आयुश मोहपाल, आदित्य हमाल, आशिष शाह, राहुल गुप्ता र विनय चोखाल चयन भएका छन्। मञ्चको अध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति शाहीले आभार व्यक्त गरेका छन्। युवा उद्यमशीलताका क्षेत्रमा मञ्चले काम गर्दै आइरहेको छ।

Read More

धनगढीः कैलालीमा बिष्फोटक पदार्थ ग्रिनेटजस्तो डल्लो वस्तु फेला परेको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा नाली खन्नेबेला सो वस्तु फेला परेको हो। इलाका प्रहरी कार्यालय सुखडका डिएसपी बिरेन्द्र बिकले नेपाली सेनालाई खबर गरेपछि काली रक्षा गण बडैपुर कैलालीबाट खटिईएको नेपाली सेनाको बम डिसपोज गरेको जानकारी दिए। उनका अनुसार पुरानो वस्तु खन्नेबेला फेला परेको हो।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको गरेको धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध विगोश अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस–रिसवत लिएको अख्तियारको ठहर छ । यादव र मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सत्तरी हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को…

Read More

काठमाडौँ : गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका-२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो । विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र रु. एक लाख जरिवाना सजाय सुनाइएको थियो…

Read More

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ। २२ दिनको छलफलपछि शुक्रबार प्रदेश सभामा बहुमतले बजेट पारित भएको हो। असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ४८ करोड कमको बजेट ल्याइएको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट गण्डकीले ल्याएका थियो। आगामी वर्षको कुल बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ। १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन भएको हो। यस्तै पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी र राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी २ मुद्दामा पुनरावेदन दिएको हो । कहरसिंह नेपाली प्रतिवादी रहेको नक्कली विल भर्पाई बनाई सरकारी रकम हिनामिना गरेको र गणेशदत्त ओझासमेतको राजश्व हिनामिना गरेको २ मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Read More

बैतडी: बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको पुर्चौँडी नगरपालिका–५ कुवाकोटका २० वर्षीय राकेश कुँवर पुर्चौँडीकै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि कुँवरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More