Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरी प्रधान कार्यालय, नक्सालले संगठनप्रति नकारात्मक सन्देश र टीकाटिप्पणी प्रवाह गर्ने गरी फेसबुक, ट्विटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जाल नचलाउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको हो सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै सबै प्रहरी कार्यालयलाई यो निर्देशन दिएका हुन् । सूचनामा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए वा गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई…

Read More

धनगढीः  नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज तथा माओवादी सुदूरपश्चिमका दलका नेता खगराज भट्टले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने बताएका छन्। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिममा आन्दोलन भइरहेका बेला  पत्रकार सम्मेलन गर्दै सोमवार माओवादी दलका नेतासमेत रहेका भट्टले पार्टीको धारणा सार्वजनिक गरेका हुन्। गेटामा विश्वविद्यालय स्थापना हुनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको उनको दाबी छ। ‘बजेटमा त्रुटि भएको छ,त्यो त्रुटिलाई हामीले सच्याएर  स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नै स्थापना हुनुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेका छौँ,’ उनले भने, ‘गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ। सबैले ढुक्क भए हुन्छ।’ प्रधानमन्त्रीले विश्वविद्यालय सञ्चालका लागि प्रक्रिया थालिएको बताएको नेता भट्टले…

Read More

धनगढीः गेटामा विश्वविद्यालयको माग राख्दै भोलि अर्थात् मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिइने कार्यक्रम तय भएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले भोलि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय भएको बताएका हुन्। गेटा विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति गठन गरेर भइरहेको आन्दोलनकै क्रममा मङ्गलवार प्रदेश प्रमुखको कार्यालय अगाडि १०ः३० देखि धर्ना बस्ने तय भएको हो । मङ्गलवार हुने धर्नामा सहभागी हुन संघर्ष समितिले सबैलाई आग्रह गरेको छ। सरकारले जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो। तर, जेठ १५ मा…

Read More

धनगढी: कैलालीको गेटामा सहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै प्रदेश सभा अगाडी मौन अनशन बसेका पर्वत जोशीले अनशन तोडेका छन्। गोदावरी नगरपालिका–१ का पर्वत जोशीले मौन अनशन तोडेका हुन्। उनी सुदूरपश्चिम प्रदेश सभाको गेट अगाडी ‘६ सय शैय्या सहितको शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय संचालन गर्न माग सहितको मौन अनशन’ लेखिएको पोष्टर लगाएर आज मौन अनशन बसेका थिए। तर सरकारले माग सम्बोधन गर्ने संकेत गरेपछि उनले मौनता तोडेको जनाएका छन्। यसैबीच गेटामा युनिभर्सिटी माग गर्दै दशरथचन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय संचालनार्थ संघर्ष समितिले आज प्रदेश सभा घेराउ पनि गरिएको थियो।

Read More

कैलाली : कैलालीमा बसपार्कबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट भारतबाट भन्सार छली ल्याएका प्लाजु सेट, कुर्ता,लेगिज गरि करिब ३२ हजार छ सय मुल्य बराबरका सामान बरामद गरिएको हो। वडा प्रहरी कार्यालय धनगढीबाट गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

Read More

धनगढी : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा रहेको संजीवनी अस्पताल जोडिएको छ । धनगढीको अस्पताल लाईन र राष्ट बैंक छेउमा सञ्चालनमा रहेको संजीवनी अस्पतालले विधा प्रायोजन गरेर साथ दिएको हो । संजीवनी अस्पतालले वर्ष खेलाडी पुरुष विधालाई प्रायोजन गरेको हो । यो विधाको नाम अव संजीवनी अस्पताल वर्ष खेलाडी पुरुष रहनेछ । प्रायोजन सम्बन्धी सम्झौंता पत्रमा संजीवनी अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिँदै अस्पताकाल अध्यक्ष बस्नेतले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय…

Read More

मनहरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् । नेपाली कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उनले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताए । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘२’ को संयुक्त आयोजनामा आज आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र आत्मविश्वास गुमाएर कमजोर नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले कांग्रेस चुनाव जित्नभन्दा पनि नेपाली जनताको मन जित्न जन्मेको पार्टी भएको बताए । आशाले मान्छे बाँचे जस्तै कांग्रेस पनि भोलिको…

Read More

दाङ – स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए । मृत्यु हुनेमा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाह छन्। आज दिउँसो उपल्लो घुम्तीबाट कार अर्काे घुम्तीमा खसेको थियो…

Read More

काठमाडौँ : प्रतिनिधि सभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन्। विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए। विनियोजन विधेयकमा अर्थमन्त्रीको जवाफयसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले बजेट विनियोजन गर्दा जनताको जीवनस्तर उकास्न, जनतालाई समृद्धि प्रदान गर्न, रोजगारी सिर्जना गर्न तथा उद्योग व्यवस्थाको प्रवर्द्धनका विषयलाई दृष्टिगत राखेर बजेट तर्जुमा गरिएको बताए। उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार, शान्ति सुरक्षा र सुशासन प्रवर्द्धन…

Read More

कैलालीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक बहिस्कार गरेको छ। एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो। प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिस्कार गरेपछि प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ। एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित विगत केही दिनदेखि भइरहेको आन्दोलनप्रति समेत सरकारको धारणा माग गरेको छ।

Read More