Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन्। प्रधानसेनापति शर्माले भने, “युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन।” मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको…

Read More

कञ्चनपुर: जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो । “जङ्गली हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन् ।” जीउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उनले बताए । आर्थिक वर्ष २०७९/८० को नगरपालिकाको हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकमा रु १० लाख बजेट विनियोजन गरिएको थियो…

Read More

भजनी: नेपाल–भारत सिमानामा पर्ने कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलापारि निर्माण हुन लागेको कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अधुरै छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेको प्रवेशद्वारको जगको काम सम्पन्न भए पनि त्यसबाहेकको काम हुन नसको छैन । कोरोना महामारीमा आर्थिक वर्ष २०७६/७७ मा प्रवेशद्वार निर्माणका लागि मन्त्रालयले रु ५० लाख विनियोजन गरेको थियो । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण सम्पन्न हुने गरी प्रवेशद्वारको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण भई प्रदेशको क्रमागत बजेटमा आयोजना समेटिएको थियो । पहिलो वर्ष रु ४५ लाखको ठेक्का भएकामा निर्माण कम्पनीले २२ प्रतिशत कममा काम गर्ने सम्झौता भएको थियो । त्यसपछि बजेट विनियोजन…

Read More

काठमाडौँ: व्यक्तिगत जीवनसँग जोडिएको घटनाले गर्दा डेढ वर्ष अघिबाट समस्यासँग गुज्रिरहेकी समीक्षा अधिकारीले अहिले हरेक दिन नयाँ–नयाँ गीत रेकर्ड गराइरहेकी छिन् । बिहीवारमात्रै उनले ४ वटा गीत रेकर्ड गराएको बताएकी छिन् । उनले स्वर दिएका गीतहरू दिनहुँजसो युट्युबमा सार्वजनिक हुन थालेका छन् । शुक्रवारमात्रै पनि उनको स्वरमा पशुपति शर्माको चर्चित गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक भएको छ ।समीक्षा अधिकारीले १३ वर्षको उमेरमा ‘बालापनको उमेर’बोलको फिल्मी गीत गाएर सांगीतिक क्षेत्रमा पाइला राखेकी थिइन् । उनले गाएको पहिलो गीत नै सुपरहिट भयो । उनको व्यस्तता भने ‘माया मारेर’ बोलको गीत गाएपछि बढेको हो । उनका ‘नबोली नबोली’, ‘धनगढीको बसमा’, ‘पछयौरी…

Read More

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन् । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् । करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । यस प्रकरणमा पक्राउ परेकाहरूको शुक्रवारदेखि काठमाडौँ जिल्ला अदालतमा बयान लिन सुरु भएको हो । आज पहिलो दिन केशव दुलाल र सागर राईको बयान लिइने बताइएको छ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध गएको बुधवार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेशकुमार धामी २०८० वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी बनेका छन्। शुक्रबार डडेल्धुरा प्रहरीका हाकिम एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले उनलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरे। लागुऔषध नियन्त्रणमा विशेष योगदान पु¥याएको र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले धामीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको डीएसपी भट्टले बताए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले संगठनको नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेलाई सर्वोत्कृष्ट प्रहरी…

Read More

काठमाडौँ: रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् । सरकारले आगामी सोमबार(१५ जेठ)को गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ । १५ फागुन २०७४ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

Read More

धनगढीः कञ्चनपुरको भीमदत्त र कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ बाट लागूऔषधसहित जानकी गाउँपालिका–४ जानकी नगरका २१ वर्षीय दिपेश चन्द पक्राउ परेका छन् । उनी ५ ग्राम लागुऔषधसहित विहिबार पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बादीलाई रेक्सोजेसिक एक सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन एक सय ५८ एम्पुलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन् । उनीहरुले जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

Read More