Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पद्मकन्या बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ। उक्त रक्तदान कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको हो। क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरुले ५० पिन्ट रगत संकलन भएको जानकारी दिइन्। उक्त कार्यक्रमको अवसरमा रक्त ग्रुप पहिचान समेत गरिएको उनले बताइन्। स्ववियु सभापतिमा निर्वाचित भएसँगै उनको नेतृत्वमा विभिन्न रचनात्मक कार्यक्रम हुँदै आएका छन्। विद्यार्थी हकहितका साथै अन्य अतिरिक्त क्रियाकलाप समेत आयाेजना गरिरहेको सभापति पनेरूको भनाइ छ।

Read More

काठमाडौं – रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीको भनाइ छ । पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४०…

Read More

मकवानपुर – वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भएको भेटिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केही बेर सबै अलमलमा परेका थिए । सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए । मुख्यमन्त्री नीति तथा कार्यक्रम खोज्न हिँडेपछि केही समय सदनभित्र सांसदहरूबीच मुखामुखको अवस्था सिर्जना भएको थियो । आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची…

Read More

डडेल्धुरा: नर्सिङ गरेर बिरामीको सेवा गर्ने सपना बुनेकी थिइन् कल्पनाले। सोही सपना पूरा गर्न उनी डोटी पुगेकी थिइन्। कञ्चनपुरको बेलौरी घर भएकी कल्पना कुँवर डोटीस्थित सिलगढीमा बस्दै आएका दाजु-भाउजूसँगै बस्थिन्। त्यहाँ बसेर उनी दिपायलमा रहेको सुजङ नर्सिङ कलेजमा अध्ययन गर्दै आएकी थिइन्। तर, नर्सिङ कोर्स सिध्याउन केवल १ वर्ष बाँकी रहदा उनी अब कलेज जान नसक्ने भएकी छिन्। आज उनको मात्रै हैन पूरै कुँवर परिवारको सपना उडेर गएको छ। किनकी उनको परिवारको सपना पूरा गर्ने कल्पना यतिबेला यो संसारमै छैनिन्।आफन्तका अनुसार नर्सिङ अन्तिम वर्षमा अध्ययन गरिरहेकी कल्पनाको स्वस्थ्यमा केहीदिन अघि समस्या आएको थियो। उनलाई स्वास फेर्न गाह्रो भएको भन्दै ४…

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका…

Read More

काठमाडौं – अधिवक्ता युवराज सफलले सरकारसँग आफ्नो सुरक्षाको माग गरेका छन् । बाटो हिँड्दा पनि कुटिन थालेपछि उनले असुरक्षा महसुस भएको बताउदै सरकारसँग आफ्नो सुरक्षाको माग गरेका हुन् ।अधिवक्ता युवराज सफलले हिजो बानेश्वरमा कुटाइ खाएका थिए । युवाहरुको एउटा समूहले वादविवादका क्रममा उनलाई लखेट्दै पिटेको थियो । जुन घटनापछि उनले एक सञ्चार माध्यमसँगको कुराकानीमा आफु असुरक्षित रहेको बताउँदै भनेका छन्- ‘म असुरक्षित छु । मैले सीडीओदेखि गृहमन्त्री सबैलाई भनेको छु । तर, राज्यले अहिलेसम्म टेरपुच्छर लगाएको छैन । केही पनि नगरेको हुनाले अब आफैंले व्यवस्थापन गर्नुपर्ला जस्तो छ । मैल पीएसओदेखि विभिन्न सुरक्षा मागेको छु । तर, राज्य छ भन्ने…

Read More

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सचेतक बर्तौंलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको जिकिर गरे । सचेतक बर्तौलाले राजनीतिक दाउपेचको आधारमा गरिएको सरकारको सो निर्णय उपयुक्त नभएको उल्लेख गर्दै त्यसमा…

Read More

काठमाडौँ: रेशम चौधरीलाई आममाफी दिने तयारीविरुद्ध रिट परेको छ । टीकापुर हत्याकान्डमा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ताका लागि रिटको अध्ययन भइरहेको बताए । तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई गणतन्त्र दिवसको दिन पारेर सोमबार आममाफी दिन आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

Read More

काठमाडौं – एक समयकी नेपाली फिल्मकी सफल अभिनेत्री विपना थापालाई ‘यूग नायिका’को उपाधि प्रदान गरिएको छ । काठमाडाैँमा शनिबार आयोजित तेस्रो संस्करणको स्पर्स म्यूजिक भिडियो अवार्ड २०२३ मा विपनालाई यो उपाधि प्रदान गरिएको हो । विपना २०५० को दशककी सफल अभिनेत्रीमा पर्छिन् । टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विपनाको डेब्यू फिल्म ‘जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले विपनालाई उपाधि प्रदान गरेका थिए । आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा भएका कार्यक्तममा…

Read More

कालीकोट – कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि १४ दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो । पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । उनका अनुसार पुलको दक्षिणतर्फको दुईवटा खाल्डा तथा सडक ‘पीसीसी’ प्रविधिबाट मर्मत गरिएको छ । “ठूला मालबाहक सवारीसाधन पीसीसी सडकबाटै आउँजाउ गर्न थालेका छन्”, प्रजिअ माझीले भने, “जोखिम ठाउँमा गरिएको पीसीसी प्रविधिबाट मर्मत गरिएकाले छोटो समयमा नै गाडी चलाउन मिलेको हो ।” पुलको…

Read More