काठमाडौँ: रेशम चौधरीलाई आममाफी दिने तयारीविरुद्ध रिट परेको छ । टीकापुर हत्याकान्डमा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ताका लागि रिटको अध्ययन भइरहेको बताए । तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई गणतन्त्र दिवसको दिन पारेर सोमबार आममाफी दिन आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
Facebook Comments Box