Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।

Read More

काठमाडौँ: सुदूरपश्चिमको खप्तड क्षेत्रमा केबलकार निर्माण गर्न सांसदहरुले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग आग्रह गरेका छन् । सुदूरपश्चिमका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीले महासंघका अध्यक्ष ढकाललाई भेट्दै यस्तो आग्रह गरेको हो । जवाफमा खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको महासंघका अध्यक्ष ढकालले बताए । खप्तडमा पर्यटकीय लगायतका पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्यांकन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

Read More

कैलाली: टीकापुर घटनामा कैलाली कारागारमा रहेका सीताराम चौधरी सर्वोच्च अदालतले निर्दोष ठहर गरेपछि छुटेका छन् । मंगलवार सर्वोच्चले निर्दोष ठहर गर्दै फैसला गरेपछि चौधरी बुधवार रिहा भएका हुन् । चौधरी २०७३ वैशाख २७ गते पक्राउ परेका थिए । सीतारामसँगै गंगाराम चौधरीलाई पनि सर्वोच्चले निर्दोष ठहर गरेको थियो । टीकापुर घटनामा उनी निर्दोष ठहर भएपनि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरका पत्रकार प्रहरीले दादागिरी देखाएको भन्दै आक्रोशित भएका छन् । सुकासालमा भिडियो तथा फोटो खिचिरहेका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनहिरु आक्रोशित भएका हुन् । पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनापछि नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाको सरुवा माग्ने निर्णय गरेको छ । बुधवार बिहान बैठक बसी एसपी थापा पत्रकारमैत्री नभएको र पत्रकारमाथि दादागिरी गर्ने गरेकाले सरुवा माग्ने निर्णय गरिरएको छ । आगामी ५ दिनभित्र एसपी थापाको सरुवा गर्न प्रहरी महानिरीक्षकलाई पत्राचार गर्ने र सो अवधिमा सरुवा नभए एसपी सहभागी कार्यक्रम बहिष्कार गर्ने निर्णय भएको छ । साथै…

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका लक्ष्मण सिँहले आज पदभार ग्रहण गरेका छन्। बागबजारबाट स्थानीयलाई भेट्दै अस्पताल पुगेका उनलाई कर्मचारीले भव्य स्वागत गरेका थिए। उनले पदभार गर्नुअघि बिरामीलाई फलफूल वितरण समेत गरेका थिए। स्वागतपछि पदभार ग्रहण कार्यक्रममा बोल्दै सिँहले आफ्ना पुराना कार्यकाल जस्तै यसपालि पनि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी तथा आवश्यक सम्पूर्ण स्वास्थ मेसिन ल्याएर सेवा प्रवाह गर्ने प्रतिबद्धता गरेका छन्। उनले तेस्रो कार्यकालमा डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रियालाई पूर्णता दिने विश्वास दिलाए। ‘ अभावमा गुज्रिरहेको अस्पताललाई सर्वसुलभ बनाउन कुनै कसर बाँकी राख्दैन। म आवश्यक सबै चिकित्सक तथा स्वास्थ सामग्री ल्याउन…

Read More

धनगढी : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सवार गाडी दुर्घटना भएको छ। बुधवार बिहान डोटीको गैराबजार नजिक गाडी दुर्घटना हुँदा भट्ट घाईते भएका छन्। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो। महासचिव भट्टको ढाडमा चोट लागेको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए। प्रहरीका अनुसार जोरायल गाउँपालिका वडा नं १ गैरा भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो। सो गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा पनि सवार थिए। महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको…

Read More

काठमाडौँ: टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीले आफू अझै न्यायिक पर्खाइमा रहेको बताएका छन् । बुधवार डिल्लीबजार कारागारबाटै विज्ञप्ति जारी गर्दै चौधरीले अझैँ सर्वोच्च न्यायलयप्रति भरोसा रहेको भन्दै न्यायिक पर्खाइमा रहेको बताएका हुन् । आफूप्रति न्याय नभए पनि फैसला भने स्वीकार्नुको विकल्प नभएको र सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो भने खुल्लै रहेको उनले बताएका छन् । ’मप्रति न्याय नहुन सक्छ तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न, फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ । मलाई अझै सम्मानित सर्वोच्च न्यायलयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान…

Read More

धनगढीः धनगढीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गर्ने तयारी पूरा भएको छ । मुल समारोह समितिको सचिवालयले धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो । पूर्व राजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोहकाबीच नागरिक अभिनन्दन गरिने समारोहका सञ्चार संयोजक ललित जोशीले बताए । नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्नेछन् । पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गरेको थिए। यस्तै, नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्। यसैबीच गठबन्धनको बैठक चलिरहेको बेलामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन्। सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने राखेको थियो। त्यही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको…

Read More

धनगढी: सर्वोच्च अदालतको फैसलाबारे रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीको धारणा नआउँदै माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी बोलेका छन् । सामाजिक सञ्जाल टिकटकमा आफ्नो धारणा सार्वजनिक गरेका चौधरीले सर्वोच्च अदालतको फैसलालाई सिंगो २० लाख थारु समुदायको विपक्षमा रहेको भनेका छन् भने त्यसले थारु समुदायको भावनामा चोट पुगाएको उनको टिप्पणी छ । थारु मोर्चाका महासचिव समेत रहेका चौधरीले सार्वजनिक गरेको भिडियोमा एक जना व्यक्ति मात्र नभएर थारु समुदाय नै दोषी करार भएको भनेका छन् ।

Read More