Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको हो। २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन्। उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन्। ३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खिर अब कसैले चाख्न पाउने छैनन्। उनको निधनप्रति गन्यापधुरा गाउँपालिका गणेशपुर डडेल्धुराले समवेदना प्रकट गरेको छ।

Read More

काठमाडौं : पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा डिलिट गरिएका सबै डाटा रिकभर गर्दा पनि प्रहरीले नक्कली शरणार्थीसँग सम्बन्धित कुनै सूचना पाउन सकेन। खाँणलाई वैशाख २७ गते पक्राउ गर्नासाथ प्रहरीले मोबाइल कब्जामा लिई सम्पूर्ण डाटा रिकभर गर्न डिजिटल फरेन्सिक ल्याब पठाएको थियो। रिकभर गर्दा पनि शरणार्थीसँग सम्बन्धित कुनै विवरण नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन्।  खाँणले पक्राउ पर्नुअघि मोबाइलमा महत्वपूर्ण सूचना उडाएर रिसेट गरेको प्रहरीको आशंका थियो। सचिव टेकनारायण पाण्डेको मोबाइल प्रहरीले फरेन्सिक ल्याबमा पठाई रिकभर गराएको थियो। त्यसबाट प्राप्त विवरणका आधारमा अन्य अभियुक्त समातिएका थिए। खाँणको मोबाइलमा पनि प्रहरीको त्यही अपेक्षा थियो। तर, त्यस्तो केही पाइएन।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती , गण्डकी र मधेस प्रदेशका  एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा दोस्रोपटक नियुक्त भएका करुणाकर ओझाले आज पदभार ग्रहण गरेका छन्। उनलाई अस्पतालका कर्मचारीले स्वागत गरेका थिए। ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका अध्यक्ष ओझासहित सदस्यहरु देवकी भट्ट र जनकबहादुर मल्लले पनि आजै पदभार ग्रहण गरेका छन्। उक्त पदभार ग्रहण कार्यक्रममा बोल्दै ओझाले पहिलेजस्तो नम्र भएर अब काम नगर्ने बताएका छन्। अस्पतालका कर्मचारीबाट हुने गरेका गल्तीलाई व्यवहारिक भएर नहेर्ने उनले बताए। ‘यसपटक अवसरसँगै विभिन्न चुनौती समेत आएको छ। पहिलो कार्यकालबाट थुप्रै अनुभव बटुलिसकेको छु’ उनले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवाका लागि कर्मचारीबाट सहयोगको अपेक्षा गरेको छु। बाहिर म एकदमै नम्र भएको कुरा चलिरहन्छ। तर अब…

Read More

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।” उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् । “के नयाँ नेपाल भनेको यही हो ?,” उनी प्रश्न गर्छन्, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?” शाहको सम्बोधन

Read More

कैलाली: स्थानीय तहको दोस्रो निर्वाचन भएको एक वर्ष पूरा भएको छ । अहिले निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् । तर निर्वाचनका बेलामा नागरिकमा बाँडिएका आश्वासन पूरा नगरेको र जनताको जनभावनाअनुसार काम गर्न नसकेको स्थानीयवासीको गुनासो छ । नागरिक विश्वस्त हुनेगरी जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विगतका र अहिलेका नेतृत्वले गरेको कामको तुलना गर्दा खासै फरक नभएको आवाज पनि उठ्न थालेको छ । स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधि भने आफ्नो कार्यकालको पहिलो वर्षमा थुप्रै काम गर्न सफल भएको बताउँदै आएका छन् । उनीहरुले स्थानीय तहमा विकास र समृद्धिको जग बसालेको र त्यसलाई पूर्ण गर्न समय लाग्ने बताए ।…

Read More

चितवन: नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । रासस

Read More

धनगढीः प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर डोटी छोडेर कैलाली बसाईसराई गरेका छन् । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलायर डोटीबाट बसाइसराइ गरेर कैलाली झरेका हुन् । बलायर डोटीको शिखर नगरपालिका–८ बाट कैलालीको गोदावरी नगरपालिका–१० मा बसाई सरेका छन् । सोमबार बसाइसराइको प्रमाणपत्र उनका स्वकिय सचिव सुरत रावतले वडा कार्यालयबाट बुझेका छन् । डोटीलाई आधार बनाएर राजनीतिक यात्रा सुरु गरेका बलायर २०७९ को निर्वाचनमा कैलाली–४ बाट निर्वाचन लडेका थिए ।

Read More

बझाङ: बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएकी जामती धामीको शव फेला परेको छ । आइतबार हिमपहिरोमा परी बेपत्ता भएकी जिल्लाको जयपृथ्वी नगरपालिका-११ की १४ वर्षीया धामीको शव फेला परेको प्रहरीले बताएको हो । सुर्मा गाउँपालिकाको धानसेरा भन्ने लेकमा गएको हिमपहिरोमा परी मृत्यु भएका सोही गाउँपालिका-३ की ३८ वर्षीया रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११ की रमिता धामीको शव फेला परिसकेको छ । यस्तै, घटनामा ४१ वर्षीय उनका श्रीमान बाबजी बोहरा र जयपृथ्वी नगरपालिका-११ घर भएका १५ वर्षीय आकाश धामी घाइते भएका छन् ।

Read More

बैतडी: बैतडीमा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जेठ १० गतेदेखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरिएको बताए । यस्तै, राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकका खल्डाहरु मर्मत गरी सडकलाई चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीय तहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । यस्तै, क्षमताभन्दा बढी यात्रु नबोक्न र प्रशासनले गोठलापानी बजारमा गाडी पार्किङ नगर्न अनुरोध गर्दै निर्णयको अवज्ञा गरिए कारबाही हुने समेत बताएको छ ।

Read More