बैतडी: बैतडीमा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जेठ १० गतेदेखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरिएको बताए । यस्तै, राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकका खल्डाहरु मर्मत गरी सडकलाई चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीय तहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै, क्षमताभन्दा बढी यात्रु नबोक्न र प्रशासनले गोठलापानी बजारमा गाडी पार्किङ नगर्न अनुरोध गर्दै निर्णयको अवज्ञा गरिए कारबाही हुने समेत बताएको छ ।
Facebook Comments Box