धनगढीः प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर डोटी छोडेर कैलाली बसाईसराई गरेका छन् ।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलायर डोटीबाट बसाइसराइ गरेर कैलाली झरेका हुन् । बलायर डोटीको शिखर नगरपालिका–८ बाट कैलालीको गोदावरी नगरपालिका–१० मा बसाई सरेका छन् । सोमबार बसाइसराइको प्रमाणपत्र उनका स्वकिय सचिव सुरत रावतले वडा कार्यालयबाट बुझेका छन् ।
डोटीलाई आधार बनाएर राजनीतिक यात्रा सुरु गरेका बलायर २०७९ को निर्वाचनमा कैलाली–४ बाट निर्वाचन लडेका थिए ।
Facebook Comments Box