Author: महेन्द्रनगर पोष्ट

कैलाली: तातो हावापानी रहेको कैलालीमा स्याउ फलेको छ। कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले स्याउ फलाएका हुन्। उनले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती गरेका छन् । चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका छन्। तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन्। ओलीले एचआरएमएन (हर्मन) –९९ जातको स्याउको बोट भारतबाट ल्याएका थिए। यो जातको स्याउ खेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुनेगरेको उनले जानकारी दिए। प्रदेश सरकारको सहयोगमा उनले स्याउ खेती गरेका हुन्। यो प्रदेशको लागि एकदमै नौलो मानिएको छ।…

Read More

मुम्बई: ६० वर्षीय अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्। अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे, जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन्। आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘२०८० / ०२ / १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु।’

Read More

काठमाडौं: एक दिदीले आफ्नो प्रेमीलाई बहिनीको अश्लील भिडिओ बनाएर पठाएको घटना बाहिरिएको छ।साइबर ब्यूरोले अनुसन्धानका लागि प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले उक्त घटना पत्ता लगाएको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार उक्त टुलले छ महिनाअघि एउटा बालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओको अलर्ट पठाएको थियो । उनका अनुसार ६ महिनाअघि एआई टुलले बालिकाको यौन भिडिओ हेरिरहेका पुरुषको जानकारी पठाएर अलर्ट गराएको थियो। टुलले बाल यौन दुर्व्यवहारको भिडिओ हेरिरहेको पुरुषको जानकारी ब्यूरोलाई पठाएपछि कार्यालयको टिमले अनुसन्धान सुरु गर्‍यो। उक्त घटनामा अनुसन्धान गर्दै जाँदा दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ बनाएर प्रेमीलाई पठाएको पाइएको रायले बताए । उनका त युवतीलाई सम्झाइबुझाइ…

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीले ५६ हजार रुपैयाँ बराबरको अवैध समान वेवारिसे अवस्थामा फेला पारेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ र वडा नम्बर ३ बाट बिहीबार ५६हजार बराबरको वेवारिसे अवस्थामा अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले धनगढी उपमहानगरपालिका– २ को वडा कार्यालय नजिकैबाट भारतबाट भन्सार छली ल्याएको २७ हजार रुपैयाँ पर्ने समान बरामद गरिएको जानकारी दिए । उनका अनुसार अचार, गुट्का, सुर्त, ललिपप लगायतका सामान बरामद गरिएको हो। दुवै स्थानबाट बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनगढीको शुभश्री पार्टी प्यालेसले प्रवद्र्धनका लागि खुला टिकटक प्रतियोगिता गर्ने भएको छ। पार्टी प्यालेसले आजदेखि जेठ २७ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुनेले १५ हजार,  द्धितियले दश हजार र तृतियले सात हजारसहित विभिन्न आकर्षक उपहार पाउनेछन् ।  टिकटक प्रतियोगितामा सहभागि हुनेले शुभश्रीको प्रचार–प्रसार झल्कने गरि कन्टेन्ट बनाउनु पर्नेछ। यस्तै आफैले बोलेको कन्टेन्ट बनाउनुपर्ने, शुभश्रीको आधिकारिक टिकटकमा ह्यासट्याग गरेर भिडियो हाल्नुपर्ने, शुभश्रीको स्विमिङ पुलको पानीमा बनाएको भिडियो हुनुपर्ने सर्त रहेका छन् । पुरस्कार राशीसहित उत्कृष्ट पाँच जनालाई स्विमिङको प्याकेज, उत्कृष्ट तीनलाई निसर्ग अस्पतालमा पूर्ण शाररिक चेकजाँच, उत्कृष्ट पाँचलाई एसटीएसबाट दुई वटा टिकट र बालाजी इलेक्ट्रोनिक्सबाट गिफ्ट ह्याम्पर रहेको…

Read More

काठमाडौं: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान र नेपाललाई छोडेर एसिया कप २०२३ को तयारी थाल्न अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई निम्तो दिएको छ। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को फाइनल मे २८ तारिखमा गुजरातको नरेन्द्र मोदी रंगशालामा हुँदैछ । यही आईपीएलको फाइनलको अवसरमा बीसीसीआईले बंगलादेश अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरूलाई निम्तो दिएको छ । आईपीएलको फाइनल खेल हेर्न नभई एसिया कप कहाँ गर्ने भन्नेबारे छलफल गर्न बीसीसीआईले बंगलादेश, अफगानिस्तान र श्रीलंकालाई बोलाएको भारतीय न्युज एजेन्सी एएनआईले लेखेको छ। जहाँ आयोजक राष्ट्र पाकिस्तानसँगै पहिलोपटक एसिया कप खेल्न लागेको नेपाललाई भने बोलाएको छैन । एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष…

Read More

एजेन्सी: मध्य जापानमा छुरा प्रहार र गोली हानाहानमा चार जनाको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । आक्रमणकारीले नागानो प्रान्तको नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनुअघि एक महिलालाई छुरा प्रहार गरेका थिए । घटनामा चौथो व्यक्तिको मृत्यु ढिलोगरी पुष्टि भएको बीबीसीले जनाएको छ । पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको समाचारमा जनाइएको छ । गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भए पनि जापानमा बन्दुक हिंसा अत्यन्तै दुर्लभ मानिन्छ ।आक्रमणकारीको उद्देश्य प्रस्ट भएको छैन । 

Read More

डडेल्धुरा : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको सबै गाउँमा अझै पनि बिजुली पुग्न सकेको छैन। ‘उज्यालो भागेश्वर’ अभियानलाई लिएर अगाडि बढेको भागेश्वर गाउँपालिकाका नागरिक अझै अन्धाकारमा बस्न बाध्य भएका हुन्। गाउँपालिकाको वडा नम्बर ४ बन्चुल्ल, खेतगाउँ, र ५ को चुल्लका नागरिक विद्युत सेवा विस्तार नहुँदा अन्धाकारमा बस्न बाध्य भएका छन्। विद्युत् विस्तार गर्न दुई वर्ष अगाडी पोल गाडेको भए पनि काम अगाडि बढ्न सकेको छैन। विद्युत् नहुँदा स्थानीयले धेरै समस्य अ भोग्नु परेको स्थानीय केशब बोहराले बताए। केही व्यक्तिको घरमा सोलार भएपनि घाम नलागेको दिन सोलारले काम नगर्ने उनको भनाइ छ। ‘सोलारले काम…

Read More

काठमाडौँ: एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज कजाकस्तानसँग खेल्ने भएको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बेलुकी ५ बजे नेपाल र कजाकस्तानको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु हुनेछ। नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा छ भने कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । नेपाल समूह ‘ए’ को उपविजेता र कजाकस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ।

Read More