Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना हुँदा कम्तीमा ३० भन्दा बढी घाइते भएका हुन्। ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिँदा बस अनियन्त्रित भएर पल्टिएको थियो। एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

Read More

धनगढी : ५ वर्षअघि काभ्रेको पनौती घर भएकी ममता काफ्लेको चिनचान कञ्चनपुरका नरेश भट्टसँग भएको थियो । भट्ट त्यतिबेला अमेरिकामा थिए । सामाजिक सञ्जालबाटै उनीहरुबीच प्रेम सम्बन्ध स्थापना भएको थियो । त्यसपछि ०७७ साल मंसिर २५ मा दुवैले बिहे गरेका थिए । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका लागि उडिन् । झण्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिएकी थिइन् । तर, गत साउन १६ गते भर्जिनियाबाट ममता एकाएक बेपत्ता भएकी थिइन् । उनी बेपत्ता हुनमा नरेशकै हात रहेको प्रहरीले बताइरहेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ घर भएका नरेश भट्ट २०७३ सालको साउनमा अमेरिकाका गएका…

Read More

धनगढी : मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं हिडेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।

Read More

धनगढी : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे थाहा पाएको थियो । नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो ।बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो…

Read More

धनगढी : धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका(४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हो ? भन्ने कुरा नखुलेको उनले बताए । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ । अहिले उक्त घरमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बसिरहेका छन् ।

Read More

धनगढी : सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो। खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो।

Read More

काठमाडौँ : भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका ४ जनामध्ये ३ जनाको शव नेपाल ल्याइएको छ। शनिबार दिउँसो कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरूको शव नेपाल घरतर्फ लगिएको हो। पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको छ । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ। अर्का मृतक दैलेखका दीपक बुढाको परिवारजन त्यही भएकाले त्यही अन्त्येष्टि गर्ने तयारी छ। शुक्रबार नै बद्रीनाथबाट शव लिएर आएका चितवनका मृतक आफन्तजन साँझसम्म घर पुगेर भोली अन्तिम संस्कार गर्ने तयारीमा छ। बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहराको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा डिउटीमा खटाइएको थियो । तर उनी डिउटीकै क्रममा साढे दुई बजेको समयमा अचानक बेहोस भएका थिए । तत्काल उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा उपचारका लागि लगिएको थियो । तर उपचारकै क्रममा सवा ३ बजे निधन भएको अछाम प्रहरीले जनाएको छ । उनको घर मंगलसेन नगरपालिका…

Read More

काठमाडौँ: आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बस्ने सपना लामिछाने छिन्। उनलाई रानीपोखरीबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको हुनाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी रजौरेले बताए। केहि दिनअघि काठमाडौंको चण्डोलमा राति १० बजे अर्काको घरमा गएर उनले गाडी लगायका सामग्री तोडफोड गरेको आरोप छ। तोडफोडमा संलग्न अर्की महिला फरार छिन्। शुक्रबार प्रहरीले पक्राउ गर्नुअघि उनले सामाजिक संजाल फेसबुकमा लाइभ गरेर ‘बलात्कार मुद्दा दबाउन प्रहरीले पक्राउ गरेको’ आरोप लगाएकी थिइन्। उपत्यका प्रहरी कार्यालयबाट लाइभ गरेर उनले भनेकी छन्,‘एआईजी किरण बज्राचार्यले मलाई बोलाउनुभो अनि, मेरो अर्को…

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्षदेखि नै विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने जनाएको छ। जसमा दुई सेमेस्टर हुनेछन्। तर यसको शिक्षा सम्बन्धि सरोकारवालाले भने आलोचना गरेका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयले इन्जिनियरिङ, चिकित्साजस्ता प्राविधिक कोर्सहरू काठमाडौं, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेतका विद्यार्थीलाई पढाउन सम्बन्धन दिएको आरोप पनि लागेको छ। सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशभन्दा बाहिर प्राविधिक विषयहरुका ३२ वटा भन्दा बढी क्याम्पसहरु लाई केही दिन अघिमात्रै सम्बन्धन दिएको बताइएको हो। कमिसन लिएर विश्वविद्यालयबाट कोर्सहरु बेचिएको बताइएको छ भने त्यसको विद्यार्थी संगठनहरुले पनि विरोध गरिरहेका छन्।

Read More