Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । कैलालीको टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमाथि अध्ययन भइरहेको बताइएको छ । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको…

Read More

बझाङ: बझाङको केदारस्युँ गाउँपालिका १ का कृष्ण जेठारा करिब एक महिनादेखि बेपत्ता छन् । ४० वर्षीय जेठारा गत वैशाख १९ गतेबाट बेपत्ता भएका हुन् । उनी चितवनको रामनगरस्थित सञ्जय गुप्ताको होटलमा भएको भन्ने खबर पाइए पनि त्यहाँ नभेटिएका उनको पारिवारिक स्रोतले जनाएको छ । जेठारालाई कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९७६९७७५१८९ मा सम्पर्क गरी सहयोग गरी दिनहुन अनुरोध गरिएको छ ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ । मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौँसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उनले बताए । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

Read More

धनगढीः कैलालीका यातायात व्यवसायी बिच लफडा सुरु भएको छ। धनगढी बर्सकापबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीबीच लफडा सुरु भएको हो। १४ महिनादेखि एकद्धवार प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका उनीहरु बिचमा निर्णय कार्यान्वयन नभएको भन्दै लफडा सुरु भएको हो। धनगढीबाट सञ्चालनमा रहेका सबै यातायात प्रालिहरुको एक समूह थियो। तर उक्त समूहबाट खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशी बाहिरीएपछि नयाँ लफडा सुरु भएको हो। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जोशीले यातायात व्यवसायीहरुको निर्णय विपरीत बाहिरिएका बताए। उनले भने, ‘यातायात व्यवसायी संकटमा छन्। यातायात व्यवसायीलाई बचाउन हामीले एक प्रयास गरेका थियौँ। एकद्धवार प्रणालीमा गएका थियौँ। अश्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्ने…

Read More

काठमाडौँ: बिहीवार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् । उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुनस् हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् । रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’ अमेरिका नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनस् कायम गराएको प्रष्ट्याएका छन् । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको उनको भनाइ छ । ‘यसको जानकारी र…

Read More

मोरङ: कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको सङ्ख्या ३० दशमलव तीन प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ ९५१ दशमलव २८ प्रतिशत० छ भने पुरुष २४ लाख…

Read More

धनगढीः नेकपा माओवादी केन्द्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल रावलले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक संजाल फेसबुकमार्फत उनले असन्तुष्टि जनाएका हुन्। उनी सुदूरपश्चिम सरकारको क्याविनेटमा माओवादी कोटाबाट मन्त्री बन्ने लाइनमा थिए। तर, उनी मन्त्री बन्न पाएनन्। त्यसपछि उनले पार्टीमा दलालहरुको वर्चस्व बढेको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘दलाली गर्नेलाई योग्य र स्वाभिमानीलाई अयोग्य, नयाँ दासहरु स्विकृत र पद्धतिको कुरा गर्ने दन्डित,बैमानलाई पुरस्कृत र इमानलाई तिरस्कृत गर्ने तथा अदृश्य अरु कुनै सिद्वान्त बमोजिमको तिम्रो मापदन्ड हो भने यहि कुरा अब पार्टी बिधानमा लेख र सस्थागत गर। त्यसो होइन भने यो कुराको पनि ख्याल राख कि तिम्रो योग्यताको परिक्षा…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिका घेराउ गरिएको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताले गाउँपालिका कार्यालय घेराउ गरेका हुन्।यहाँ नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि छन्। तर, कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन्। बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षले बताएका छन्। पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने उनीहरुको माग छ। तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ। यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित…

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र एडिबीका हाकिमबीच भेटवार्ता भएको छ । भेटमा प्रदेशको विकासका विषयमा छलफल भएको बताइएको छ । एसियाली विकास बैंकका नेपालका लागि कन्ट्रि डाइरेक्टर अर्नाउड कौकोइस, बिहीवार प्रतिनिधि सभा सदस्य डा।आरजु राणा देउवा, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र एसियाली विकास बैंकका कर्मचारीहरुबीच बैठक तथा छलफल भएको हो । प्रदेशको पूर्वाधार विकास र जनताको जीवनस्तरलाई उकास्न एडिबीले सहयोग गर्ने प्रतिबद्धता गरेको छ । मुख्यमन्त्रीले पनि समन्वय गर्ने जनाएका छन् । छलफलमा एसियाली विकास बैंकले धनगढी उप–महानगरपालिकामा सञ्चालन भइरहेको सडक निर्माणका कार्यक्रमलाई २ वर्ष थप गर्ने बैंकका नेपालका लागि कन्ट्रि डाइरेक्टर…

Read More