Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा:  डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन मुआब्जाका लागि सरकारले थप ३० करोड पठाएको छ । यसअघि सडक क्षेत्रमा पर्ने जग्गा र घरको मुआब्जाकै लागि २० करोड बजेट पठाइएकोमा सोही प्रयोजनका लागि थप ३० करोड बजेट पठाइएको हो ।  महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडक खण्डको मुआब्जा र क्षतिपूर्तिका लागि ३० करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पठाइएको पत्र आइसकेको छ।  अर्थ मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै रकमान्तर स्वीकृत गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई ३० करोड प्राप्त भएको कार्यालय प्रमुख दीपक झाले जानकारी दिए । उनका अनुसार अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिको बैठक…

Read More

नवलपरासी: नवलपरासी पूर्वकाे नन्दपुरमा न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएकाे हाे।  चितवन राष्ट्रिय निकुञ्जमा न्युरो टिप्न जाँदा उनीहरुलाई नारायणी नदीले बगाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।  हिजाे बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैकाे शव गए राति फेला परेकाे पाठकले बताए।

Read More

काठमाडौँ: नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो। थप अनुसन्धानका लागि रायमाझीलाई म्याद थप्न जिल्ला अदालत काठमाडौँमा लैजान लागिएको हो ।

Read More

चितवन: पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटनामा परेको छ। कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस अनियन्त्रित भई गए राती दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

Read More

जन्मिएको मेरो गाउँको कथा बेग्लै छभोग्दै गरेको जिन्दगीको ब्याथा बेग्लै छयहाँ खुसीका आयामहरु खोज्दै गर्दाझुपडीका डिलहरुमा आभासहरु रोज्दै गर्दासपना सपनामै तुहिदा रहेछन्रहरहरु ओइलिएर झर्दा रहेछन्मैले बाचेको यो गाउँघरलाईचट्टकै माया मारेर जानुको,बाध्यता फरक छआत्मियता फरक छरचियता झनफरक नै छमस्त निन्द्रा, निद्रासँगै आरामको जीन्दगीजिउन कसलाई रहर नहोला रसजिएका सपनाहरुलाईबिउताउन कसलाई रहर नहोला रतर बाध्यातामा रुमलिएपछिॠणको भारिमा अल्मलिएपछिहत्केलाको रेसाले पनि तयहाँ काम गर्न छोड्दो रहेछकष्टकरको बन्धनमा बाधिएपछिअधरमा जिन्दगी गासिएपछिमर्दको गर्दन धाँसिएपछि आफन्तले घर झलमल्ल छ भन्दै गर्दाखेरीमेरो अन्तर्मनले कहाँ मान्थ्यो सधैंभरीरातदिन गरिएको सांहुको किचकिचत्यहीमाथि ऋणको सधैं झमेलासोच्थे कहि परे म कुन नर्कको बेलाच्यातिएका च्यादरहरुलाईसिलाउन भए मैले जानू छरङिन सपना बिलाउन भए पनि मैले…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएको छ । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् । मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् । त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताए । ‘दैनिक चार हजारदेखि पाँच हजार सम्मको अगरबत्ती बिक्री…

Read More

महेन्द्रनगर: कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो”, उनले भने, “अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।” उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताए । यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको…

Read More

काठमाडौँ: आजदेखि मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु हुने भएको छ। अब नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन । त्यस्तै आइतबार (वैशाख ३१) सम्प प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो ।…

Read More

काठमाडौँ: पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा (एमाले) का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More