नवलपरासी: नवलपरासी पूर्वकाे नन्दपुरमा न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएकाे हाे।
चितवन राष्ट्रिय निकुञ्जमा न्युरो टिप्न जाँदा उनीहरुलाई नारायणी नदीले बगाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
हिजाे बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैकाे शव गए राति फेला परेकाे पाठकले बताए।
Facebook Comments Box