-राधा कृष्ण देउजा नेपाल प्रहरी संगठनको सफलता संगठन भित्रको आपसी विश्वास, सहकार्य र एकतामा प्रमुखत निर्भर गर्छ। अनि एकता सहकार्य र विश्वास पैदा आशंका र अविश्वास घटाउने काम चाहीँ अफवाहलाइ नजरअन्दाज गर्दै संवाद बढाउने कुराले मात्रै गर्न सक्छ। हाल नेपालमा जारी नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन र त्यसले आवश्यक गति लिने काम पनि प्रहरीको त्यही आन्तरिक सहकार्यले नै सम्भव बनाएको हो। तर जव प्रहरीले द्रुतता साथ अनुसन्धान अगाडी बढायो अनि त्यसमा उसले गृहमन्त्रीको दह्रो साथ पायो तव कहीं न कहीं प्रहरी भित्र नै अविश्वास आशँका र विवाद पैदा गराउनु पर्ने सोच अंकुर भयो। मलाइ लाग्छ त्यही अंकुरणकै जगमा अहिले नक्कली…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलाली चुरे गाउँपालिका–२ मा रहेको दडी झरना गुमनामजस्तै छ। पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिएको सो झरना ओझेलमा परेको हो। झरनासम्म पुग्न असहज भएका कारण झरना ओझेलमा परेको बताइन्छ। पूर्वाधार विकास हुन नसक्दा सो झरनाको प्रचारप्रसार समेत नभएको हो। चुरेकै अग्लो भनेर दाबी गरिएको दडी झरनाको विकासमा सरकारले चासो दिए पर्यटन विकासमा टेवा पुग्ने छ। भौगोलिक रुपमा निकै दुर्गममा रहेको सो झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ। दडी झर्ना करिब एक ५० मिटरको उचाइबाट झरिरहेको छ।
धनगढीः डोटीका एक किशोर हराएका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका ७ पोखरी, सलेनाका विकास विक कैलालीबाट हराएका हुन्। कैलालीको गौरीगंगा नगरपालिका कठौती बस्दै आएका उनी दुर्गालक्ष्मी बहुुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत थिए। उनी यही जेठ ९ गते बिहान क्याम्पस जान भनी हिँडेकोमा आजसम्म घर नआएका विकको पारिवारिक स्रोतले जनाएको छ। उनलाई कहीँ कतै कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९८०४६९०५१९ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ। यता, प्रहरीले भने उनको खोजीकार्य जारी रहेको जनाएको छ।
धनगढीः नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी धामी नियुक्त भएका छन्। माओवादी संसदीय दलका नेता खगराज भट्टले धामीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। सुदूरपश्चिमका पूर्व वनमन्त्री समेत रहेका उनी दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। धामीलाई माओवादीले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम माओवादी संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको दलका नेता भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
धनगढीः नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामी नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई प्रमुख सचेतकमा शुक्रवार नियुक्त गरेका हुन्। दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित धामी कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलमा नियुक्त भएको कांग्रेस संसदीय दलले जनाएको छ। धामीलाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्ति गरेको दलका नेता शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
डडेल्धुरा: नेपाल प्रेस युनियनकाे स्थापना दिवसको अवसरमा डडेल्धुराको जाेगबुडा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ। संविधान सभा सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य नरभानकामीकाे संयोजकत्वमा बिरामीलाई फलफूल वितरण गरिएको प्रेस युनियन डडेल्धुराका कोषाध्यक्ष पदम जोराले बताए। उनका अनुसर एक दर्जन बिरामीलाई फलफूल वितरण गरि बिरामी र अस्पतालकाे अवस्था निरीक्षण गरिएको थियो। कार्यक्रममा नेपाली कांगेस सुदूरपश्चिम प्रदेश सदस्य धर्मानन्द भट्ट, जिल्ला कार्य समित सदस्य दलबहादुर साउद, परशुराम नगरसचिव मञ्जु धामी र जाेगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीको उपस्थिति रहेको थियो।
धनगढीः सुदूरपश्चिमका युवायुवतीहरुलाई संसदीय प्रणालीसम्बन्धि अभ्यास गराइएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषदले उक्त अभ्यास गराएको जो। प्रदेशका युवाहरुको नेतृत्वदायी क्षमता अभिवृद्धी गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ। नमूना युवा संसद अभ्यासमा सामेल युवाहरुले संसदका काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी लिएका छन्। यस्तै उनीहरुले नमूना युवा संसद अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससंगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमासमेत जानकारी लिएको बताएका छन्।सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधिमुलक रुपमा युवायुवतीहरुलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो। सो क्रममा प्रतिनिधि सभा, प्रदेशसभाले बनाउने ऐन, कानुन र कार्यान्वयनका चरणहरु बारे छलफल गरिएको थियो। जेठ ९ गतेदेखि…
धनगढी: कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिएपनि शिक्षक पदपुर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्। क्याम्पसमा कानून विषयका प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुुटकोटको व्यवस्था गर्नुपर्ने, पाठयक्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने माग विद्यार्थीहरुको छ। पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापक बिना अध्ययन गरिरहेको एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले बताइन्। आजसम्म सहेर बसेको तर प्राध्यापक नै नाआएपछि पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएको उनले बताइन्। चर्को गर्मीमा धर्ना दिनुपर्दा केही छात्राको…
धनगढी: कैलालीको चुरे पाउँपालिका-४ स्थित बाजुरागडाका स्थानीयहरुले सिँचाइको माग गरेका छन्। हिजो (शुक्रबार) धनगढीमा याक नेपाल नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा उनीहरुले सो क्षेत्रका प्रदेश सभा सदस्य दीर्घ सोडारीसमक्ष आफ्ना मागहरु राखेका हुन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत पर्ने बाजुरगडामा वर्षौंदेखि खानेपानी र सिँचाइको चरम समस्या छ। बाजुरगडामा २५ परिवार दलित, जनजाति ७ परिवार र ब्राहमण, क्षेत्री परिवार गरी जम्मा ४० परिवारहरु बसोवास गर्दछ्न्। सोही विषयलाई लिएर उनीहरु धनगढी पुगेका थिए। उनीहरुले प्रदेश सरकारले त्यहाँ आधारभूत आवश्यकता प्रत्याभूत गराउनुपर्ने माग राखेका छन्। यस्तै प्रदेश सभा सदस्य सोडारीले पनि आफूले सो क्षेत्रको विकासको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।…
डोटी: डोटी बहुमुखी क्याम्पसका प्राध्यापक राजन केसीको निधन भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का ४० वर्षीय केसीको हिजो नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो। जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनी अंग्रेजी विषयका प्राध्यापक थिए।