–राधा कृष्ण देउजा
नेपाल प्रहरी संगठनको सफलता संगठन भित्रको आपसी विश्वास, सहकार्य र एकतामा प्रमुखत निर्भर गर्छ। अनि एकता सहकार्य र विश्वास पैदा आशंका र अविश्वास घटाउने काम चाहीँ अफवाहलाइ नजरअन्दाज गर्दै संवाद बढाउने कुराले मात्रै गर्न सक्छ। हाल नेपालमा जारी नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन र त्यसले आवश्यक गति लिने काम पनि प्रहरीको त्यही आन्तरिक सहकार्यले नै सम्भव बनाएको हो। तर जव प्रहरीले द्रुतता साथ अनुसन्धान अगाडी बढायो अनि त्यसमा उसले गृहमन्त्रीको दह्रो साथ पायो तव कहीं न कहीं प्रहरी भित्र नै अविश्वास आशँका र विवाद पैदा गराउनु पर्ने सोच अंकुर भयो।
मलाइ लाग्छ त्यही अंकुरणकै जगमा अहिले नक्कली भुटानी शरणार्थी घोटाला छानविन चल्दै गर्दा समग्र प्रहरीको नेतृत्व गरिरहेका प्रहरीका आइजीपी बसन्त कुँवर र नक्कली शरणार्थी छानविन प्रकरणको अनुसन्धान गरिरहेको काठमान्डौ जिल्ला प्रहरी परिसर र अपराध महाशाखा समेतलाइ नेतृत्व गर्दै रहेका काठमान्डौ उपत्यका (महानगरीय प्रहरी) प्रहरी कार्यालय प्रमुख श्याम ज्ञवालीको विचमा मात्रै नभएर हुँदा हुँदा त त्यस अनुसन्धानको प्रत्यक्ष नेतृत्व गर्दै रहेका काठमान्डौ प्रहरी प्रमुख दानबहादु्र कार्की र उनलाई हरतरहले सहयोग गरिरहेका अपराध माहाशाखाका एसएसपी मनोज केसी समेतको विचमा पनि फाटो पैदा गराउने काम भैरहेको देखिन्छ।
होला सबैको काम गर्ने तरिका फरक फरक होला, शैलीहरु आफ्नो आफ्नै होलान अनि उल्लेखितहरुको बिचमा वृति विकासको दौरान आफु अगाडी आउने सन्दर्भमा प्रतिष्पर्धा भए होलान र आगामी दिनमा पनि हुँदै जाला तर यसको मतलव उनीहरुले कार्यसम्पादनको दौरान एक अर्कालाइ सिध्याउन प्रहरीको धर्म कर्म विपरित काम गर्छन भन्ने ठान्नु हुदैन। हो, प्रहरी संगठनको इतिहासमा गैर व्यवसायिक ढंगले अनैतिक गतिविधि र चलखेल नभएका हैनन तर त्यो विगत थियो अनि ति पात्रहरुनै समग्रमा कुपात्रहरु थिए तर अहिलेको अवस्था त्यस्तो हैन।
अहिले विवादको केन्द्रमा ल्याउन खोजिएका प्रमुख दुइ मध्य एक आइजीपी भद्र र असल मानिस हुन भने एआइजी श्याम ज्ञवाली एक अव्वल व्यवसायिक अधिकृत हुन जो स्वयम हालका आइजीपी असल भद्र मानिस भएको स्विकार्छन मात्रै हैन अभिव्यक्त नै गर्छन। अनि अर्को तर्फ आइजी र एआइजी विवाद र असमझदारीको हल्लालाइ विश्वसनीय पनि बनाउने अनि तल तल सम्म अविश्वास र असमझदारी पैदा गराउन काठमान्डौ परिसर प्रमुख दान कार्की र अपराध महाशाखा प्रमुख मनोज केसी विच पनि असमझदारी उत्पन्न गराउने कोशिस भएको देखिन्छ।
निकट भविष्यमा संगठन प्रमुख हुने र उसको सबै भन्दा महत्वपूर्ण सहकर्मी हुन पर्नेको विचमा असमझदारी र अविश्वास पैदा गराउने कामले सार्थकता पाउने हो भने प्रहरी दृघकालसम्म कम्जोर हुनेछ अनि समाज थप असुरक्षित। तसर्थ अहिले भैरहेको जान अन्जान चलखेललाइ ठहरावमा पुर्याउन अति आवश्यक छ। र त्यसो गर्न अरु कसैले केहि गर्न नै पर्दैन केवल विवादमा ल्याउन खोजिएका प्रहरी अधिकारीहरु आपसमा बसेर आशँका हटाउने र असमझदारी कम गर्नुपर्छ।
अहिलेको प्रहरीको उच्च नेतृत्व तहमा त्यो खालको सकारात्मकताको अपेक्षा गर्नु अनुचित पनि हुनेछैन भन्ने लाग्छ किन कि आइजीपी हुने प्रतिष्पर्धा नजिकिंदै जाँदा तत्कालिन राजनीतिक, प्रशासनिक तथा प्रहरी नेतृत्वले कसैलाइ बनाउन भन्दा पनि कसैलाइ जवर्जस्ती रोक्न खेलेको खेल परिणामले जे जस्तो ढंगको वढुवा भएको भए पनि बढुवा गर्नेको रिस बढुवा हुनेमा पोख्न हुन्न र आन्तरिक एकता र भाइचारालाइ दुरुस्त राख्नु पर्छ भनेर अभूतपूर्व सहनशीलता प्रदर्शन भएको व्याच पनि यही नै त हो। त्यस्तै अभूतपूर्व र असाधारण सहनशिलता देखाउँदै आफु एक नम्बर बाट सात नम्बर पुग्दा मात्रै हैन बढुवामै छुटदा पनि विदा नलिने मात्रै हैन अरुबेला भन्दा ज्यादा सक्रियता देखाएर काम गर्ने सन्दिप भण्डारी पनि त आखिर त्यही प्रहरीमा कुनै बेलाका आफ्ना सहकर्मी साथीलाइ सलाम गर्दै सेवा गर्दै नै छन त, त्यसैले हाललाइ प्रहरीको आन्तरिक एकता सहकार्य र विश्वासको वातावरण विथोल्न कहीं कतै बाट सुरु गरिएको खेलमा फस्न छोडेर, आफ्नै आफ्नैमा शत्रु खोज्न छोडेर नेपाल प्रहरीको गिरेको साख फर्काउने मौकाको सदुपयोग गर्न सबै जिम्मेवार अधिकृतहरुलाइ सादर अनुरोध छ।
फेरी यसो भनेर कोहि कसैलाइ जोगाउन बचाउन वा कसैलाइ सिध्याउन खोजेको अर्थ नलागोस किन कि आजको समय भनेको जनता जागेको समय हो यहाँ न कसैले कसैलाइ फसाउन सम्भव छ न कसैले कसैलाइ जोगाउन नै। अनि त्यो कुरा स्वयम प्रहरीका आइजी एआइजी देखि एसएसपी सम्मलाइ थाहा नहुने कुरै छैन। तसर्थ हाललाइ प्रहरीले आन्तरिक एकता र विश्वासको सन्देश दिनु अनि जनताले त्यो सन्देशलाइ स्वागत गर्दै त्यसले सिर्जना गर्ने सकारात्मक परिणामको आनन्द लिनुपर्छ।