Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: युगान्डालाई ३९ रनमै अलआउट गर्दै वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो । जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो। युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा  पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो। युगान्डा दुई अंकसहित तेस्रो स्थानमा छ। वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमात्रै बनाउन…

Read More

काठमाडौं : प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो । विनियोजन विधेयकमाथि अब २९ गतेदेखि नियमित छलफल हुनेछ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित…

Read More

काठमाडौं : अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्ने भएका छन । समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ । समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ । भारत रोहित शर्मा र…

Read More

काठमाडौँ : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची रहेको छ ।  बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने छ ।   प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन । भने सांसद अमरेशकुमार सिंहले…

Read More

काठमाडौं : उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ । २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे । इंग्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७।१ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा…

Read More

काठमाडौँ : हाल नेपालमा स्थानीय र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।  दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

Read More

धनगढी : धनगढीमा झुन्डिएको अवस्थामा भेटिएका एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो आफ्नै घरको कोठाको पंखामा धनगढी उपमहानगरपालिका-३ का १३ वर्षीय विष्णु फुलारा झुन्डिएको अवस्थामा भेटिएका थिए । बुवाआमाले देखेपछि तत्काल पासो काटेर अस्पताल पुगाएका थिए तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रबहादुर बोहराले जानकारी दिए । उनकाअनुसार घटनाको अनुसन्धान जारी छ ।

Read More

काठमाडौँ : शनिबार राति कोसी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग सफा) छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोसी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोसी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यसैबीच राति काठमाडौँ उपत्यकामा पनि हल्का र क्षणिक वर्षाको सम्भावना छ। महाशाखाले आज राति काठमाडौँमा पानी पर्ने…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अरू समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार ९भोलि० नयाँ दिल्ली जाँदै छन् ।

Read More

काठमाडौँ : इजरायलले हमासको बन्दीबाट ४ जना बन्धकलाई मुक्त गरेको छ। इजरायलले शनिबार बताएअनुसार उसको सेनाले गाजाको नुसिरात क्षेत्रमा गोलीबारी गर्दै हमासको बन्धकमा रहेका चार इजरायली मुक्त गराएको हो। यस कारबाहीमा कम्तीमा १०७ प्यालेस्टाइनीको मृत्यु भएको इजरायलको दाबी छ। इजरायल डिफेन्स फोर्सले उक्त कारबाहीमा आफ्नो एक सैनिकको पनि मृत्यु भएको जनाएको छ। अमेरिकी मिडिया हाउस एक्सियोसका अनुसार अमेरिकाको बन्धक एकाइले यस कारबाहीमा इजरायललाई सहयोग गरेको थियो। उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि छन्, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेर लगेका थिए। अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि नोआको भिडियो भाइरल भएको थियो। नोआसँगै अन्य तीन युवा…

Read More