धनगढी : धनगढीमा झुन्डिएको अवस्थामा भेटिएका एक बालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो आफ्नै घरको कोठाको पंखामा धनगढी उपमहानगरपालिका-३ का १३ वर्षीय विष्णु फुलारा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
बुवाआमाले देखेपछि तत्काल पासो काटेर अस्पताल पुगाएका थिए तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रबहादुर बोहराले जानकारी दिए ।
उनकाअनुसार घटनाको अनुसन्धान जारी छ ।
Facebook Comments Box