Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङको छविस पाथिभरा गाउँपालिकाको एम्बुलेन्स कैलालीको धनगढीमा अलपत्र छोडिएको छ। धनगढीको चकमेली र शिवनगरको सिमानामा निर्माणाधीन साँघुरो सडकमा एम्बुलेन्स खडा गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त एम्बुलेन्स गाउँपालिकालाई २०७६ कात्तिकमा दिएको थियो। छविस पाथिभेराको मटेला स्वास्थ्य चौकीलाई दिइएको एम्बुलेन्स चलाउन समस्या भएकाले सामाजिक विकास मन्त्रालयमा फिर्ता गर्न ल्याइएको मटेला स्वास्थ्य चौकीका इन्चार्ज भरत मोरले बताए। प्रदेशका ९ जिल्लाका १६ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको थियो। भन्सार छुट बाहेक ६ करोड २५ लाख १२ हजारमा खरिद गरिएका एम्बुलेन्स त्यति बेला पनि विवादित भएका थिए। आधुनिक र सुबिधा सम्पन्न भनिएका एम्बुलेन्स पहाडी जिल्लामा चलाउन समस्या भएको गुनासो स्वास्थ्य…

Read More

डडेल्धुरा: उच्च शिक्षाको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए। मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका-१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए। उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन्। श्रीमतीसँग गरेको त्यो त्यो बाचा अब कहिले पूरा हुने छैन। यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधीकाका आँसु थामिरहेका छैनन्। नेपालमा श्रीमानको मोटरसाइकल साइकल दुर्घटनामा मृत्यु भएपछि राधीकासँगै पूरै बडुवाल परिवार शोकमा डुबेको छ। हिजो आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो। बडुवालले चलाएको…

Read More

एजेन्सी:ब१६ महिनापछि कोमाबाट बाहिर आएका एक व्यक्तिले श्रीमतीको षड्यन्त्रको रहस्य खुलाएका छन् । कुटपिटबाट घाइते भएका व्यक्तिले श्रीमती र प्रेमीसँग मिलेर हत्या गर्ने षड्यन्त्र गरेको बताए । भारतीय समाचार एजेन्सी दैनिक जागरणको अनुसार घातक हमलालाई सडक दुर्घटनाका रूपमा पार गर्ने प्रयास गरिएको थियो । प्रहरीले श्रीमती, उनका प्रेमी र अर्का विरुद्ध मुद्दा दर्ता गरेको छ । मेहना प्रहरी थानाका सहायक एसएचओ सुखपाल सिंहले भने कि रवि सिंहका छोरा बुटा सिंहले डिसेम्बर १०, २०२१ मा उनी बिजुली घर डला नजिकबाट मोटरसाइकलमा घर जाँदै थिए भनेर गुनासो गरे। बाटोमा दीप सिंह र बहादुर सिंह मोटरसाइकलमा आए । उनीहरुले उनलाई नराम्ररी कुटपिट गरे…

Read More

काठमाडौं: एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। नेपाली टिममा एक परिवर्तन भएको छ। प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो। समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

Read More

महेन्द्रनगर: कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका- १८ बस्ने बिरेन्द्र रावलले चलाएको म २प८३३३ मोटरसाईकलले साइकललाई ठक्कर दिँदा सोही नगरपालिका- ४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्युु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

Read More

महेन्द्रनगर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। कृष्णपुरको वनदेवी मन्दिर नजिकै सुदूरपश्चिम प्रदेश ०२००४ प नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा बेदकोट नगरपालिका-१० का २८ वर्षका तपेन्द्र बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्नपुरले जनाएको छ। मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी २० वर्षकि गरिमा महता घाइते भएकी छन् ।  सोमबार सडक छेउमा डिजल सकिएर रोकिएको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किएको थियो।

Read More

एजेन्सी: मौसमको चुनौतीकाबीच एक सातामै चारधाम दर्शन गर्ने भक्तजनको संख्या साढे दुई लाख नाघेको छ। यसैबीच केदारनाथमा तीर्थयात्रीको बढ्दो संख्यालाई ध्यानमा राख्दै मन्दिर समितिले दर्शनको समय आधा घण्टा बढाएको छ। मन्दिर सरसफाई र भेटीका लागि अब डेढ घण्टाको सट्टा एक घण्टा बन्द गरिने मन्दिर समितिका कार्यकारी अधिकृत आरसी तिवारीले बताए। दिउँसो तीन बजेको सट्टा साढे तीन बजे मन्दिर बन्द भई साँझ चार साढे चार बजे खोलिनेछ। राति विशेष पूजा पनि राति ११ बजेदेखि सुरु हुँदैछ। द्वार खुलेदेखि हालसम्म चारै धाममा भक्तजनले दर्शन गरेका छन्। बाबा केदारको द्वारमा सबैभन्दा बढी उत्साह देखिएको छ। यहाँ ९१ हजार ८३८ तीर्थयात्रीले दर्शन गरेका छन्…

Read More

-आभूषण तिम्सिनाम २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु। मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाध निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरूसँगै सेवा प्रवेश गरेको थिए। तर, आज २०८० साल वैशाख १७ गतेबाट मैले लगभग २५ वर्ष पुरा हुन ४९ दिन बाँकी रहँदा नेपाल प्रहरी जस्तो जनस्तरसम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलग्गिने निर्णय गरेको छु। नेपालको संविधान २०७२ को मौलिक…

Read More

डडेल्धुरा: हिजो(आइतबार) सुदूरपश्चिममा छुट्टाछुट्टै ४ वटा घटना भएका छन्। ती सबै घटनामा ४ जनाले मृत्युवरण गरेका छन्। बैतडीमा एकाबिहानै एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको थियो। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोकेर मृत्यु भएको हो। शनिबार राति गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टाउकोमा टोकेको थियो। सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्यकोमा झारफुकका लागि पुगाइएको थियो। उनको उतै मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ। मृतक लुहारको शव पोष्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाएको छ। यस्तै बैतडीमै एकजना युवक मृत फेला परेका थिए। जिल्लाको  पाटन नगरपालिका- ६ पैरेउडाका  ३७ वर्षका मदन पहरी आइतबार अपरान्ह  ४ बजेतिर मृत फेला…

Read More

महेन्द्रनगर: नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी)साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने बताएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक रूपमा सीमा समस्याबारे छलफल हुने उनले बताए। आफ्नो दुईदिने भ्रमणका क्रममा गृह जिल्ला कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री साउँदले आइतबार प्रेस युनियन कञ्चनपुरको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्। उनले भने, ‘दुवै देशको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ, छिट्टै मिति तय भएर भ्रमण हुन्छ।’ भ्रमणमा थुप्रै कामहरू गर्नुपर्ने भएकाले अलि ढिलाइ भएको हो। भ्रमणका क्रममा सीमा समस्या, सुख्खा बन्दरगाह निर्माणमा एमओयु लगायतका सन्धि सम्झौता कार्यान्वयन तथा नयाँ थुप्रै कामहरू गर्नुपर्ने भएकाले…

Read More