Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। टियु क्रिकेट मैदान कीर्तिपुरमा अहिले ९ बजेबाट नेपाल र कुवेतबीच सेमिफाइनल खेल हुँदैछ। घरेलु टोली नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग गुमाएको थियो। नेपालले कुवेत विरुद्धको सेमिफाइनल खेलमा गुलसन झालाई बेन्चमा राखेर करण केसीलाई स्थान दिएको छ।

Read More

काठमाडौं: ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका-६ का पूर्व वडाध्यक्षसमेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरीयाको मृत्यु भएको हो।  चट्याङको करेन्ट लागेर शक्त घाइते भएका कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ।

Read More

 बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो।  वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। 

Read More

धनगढीः सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा लम्पी स्किनको संक्रमण बढीरहेका बेला कैलालीको गोदावरीमा पनि उक्त रोग देखिएको छ। गोदावरीको पहाडी क्षेत्रमा गाईभैँसीमा यो रोग देखिन थालेको हो। लम्पी स्किन गोदावरीको वडा नम्बर–४ र १२ को पहाडी क्षेत्रमा देखा पर्न थालेको नगरपालिकाको पशु शाखाले जनाएको छ। यस वर्ष मात्रै गोदावरीमा करिब १० वटा पशुमा यो रोग देखा परिसकेको नगरपालिकाको पशु शाखाका नायव पशु सेवा प्राविधिक टेक शाहुले बताए। उनले गोदावरीको पटैनी, हाटखोली, सिम क्षेत्रमा यो संक्रमण देखिएको बताए। यो रोगको उपचार नभएकाले संक्रमण देखिएको क्षेत्रमा घाउँ खटिरामा इन्फिेक्सन नहोस भनेर मलमहरु, एन्टिबायोटिक, पेन किलर वितरण गरिएको पशु शाखाले जनाएको छ। 

Read More

काठमाडौं: नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ। शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो।  केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए। तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए। रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको…

Read More

बझाङ: बझाङको बित्थडचिर गाँउपालिकाले एमबिबिएस पढ्न आर्थिक सहयोग गरेको छ। गाउँपालिकाको वडा नम्बर ४ का स्थानीय दलबहादुर बोहरालाई नगद ३ लाख सहयोग गरेको हो। छात्रवृत्तिमा एमबिबिएस पढ्न नाम निकालेका बोहरालाई थप प्रोत्सहन गर्न आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरले बोहरालाई सम्मान पत्रसहित नगर हस्तान्तरण गरेका हुन्।

Read More

धनगढी:  विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष  ज्योत्सना साउदले भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीलाई भेटेकी छिन्। उनले शुक्रबार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई भेटेर स्वास्थलाभको कामना गरेको  कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए। पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका छन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन्। आगलागीमा परी सांसद भण्डारी र उनकी आमा…

Read More

कञ्चनपुर: कञ्चनपुरमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिकाकी एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार १९ वर्षीय पारस ठकुरी देउवा पक्राउ परेका हुन्। बालिकाका आफन्तले बिहीबार देउवाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। बुधबार मध्यरातमा नाबालिगलाई आरोपित देउवाले घर नजिकको खेतमा बलात्कार गरेको आरोप छ। पीडित नाबालिगले आफूमाथि भएको घटना करिब चार बजेतिर घरमा आएर ठूली आमालाई बताएको आफन्तले जनाएका छन्। घटनामा देउवालाई सहयोग गरेको आशंकामा केही अन्य युवकलाई पनि सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए। पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरि घटनाको अनुसन्धान गरिरहेको उनले बताए।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ। त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

Read More

डोटी: डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो। ‘जोडौँ एक नाता ,खोली महालक्ष्मी बैङ्कमा खाता’ भन्ने मुलनाराका साथ महालक्ष्मी विकास बैंक लिमिटेड पिपल्ला शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा दिपायलका प्रबन्धक भीम बहादुर रावतले बताए। उनले भने ,‘बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ । वित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा छ। ’हरेक…

Read More