Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: भारतमा गत बिहीबार एक महिलाले ब्युटिपार्लर जान नपाएको झोँकमा आत्महत्या गरेकी छिन् । मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी हुन् । आफूलाई श्रीमान्‌ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकाे प्रहरीले जनाएको छ । १५ वर्षअघि बलराम यादवसँग विवाह गरेकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् । बिहीबार साँझ कामबाट घरफर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Read More

काठमाडौँ: वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ। हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो। आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।  फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि  खेल रोकिएको थियो । 

Read More

धनगढी: आज पनि देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिम, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि बदली  रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।  आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागमा चट्याङ्गसहित  मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले छ।

Read More

धनगढी: हिजोदेखि सुदूरपश्चिममा निरन्तर वर्षा भैरहेको छ। सुदूरपश्चिमको राजधानी कैलालीसहित प्रदेशका अन्य जिल्लाहरुमा पनि लगातार पानी परिरहेको हो। केही जिल्लाहरुमा असिनासमेत परेको बताइएको छ। लगातारको वर्षाले यहाँको जनजीवन समेत प्रभावित बनेको छ। यस्तै भोलि पनि बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। सुदूरपश्चिमका केही स्थानहरूमा भने मेघ गर्जन/चट्याङ्गसहित हल्का लदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अझै केही दिन वर्षा नरोकिने पनि अनुमान गरिएको छ।

Read More

धनगढीः धनगढीमा १२ जना जुवाडे प्रहरीको फन्दामा परेका छन्। धनगढी उपमहानगरपालिका–२ बैयावेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित १२ जना पक्राउ परेका हुन्। आइतबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ थान ताससहित पक्राउ गरेको बताइएको छ।

Read More

धनगढी: बझाङको छविस पाथिभरा गाउँपालिकाको एम्बुलेन्स कैलालीको धनगढीमा अलपत्र छोडिएको छ। धनगढीको चकमेली र शिवनगरको सिमानामा निर्माणाधीन साँघुरो सडकमा एम्बुलेन्स खडा गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त एम्बुलेन्स गाउँपालिकालाई २०७६ कात्तिकमा दिएको थियो। छविस पाथिभेराको मटेला स्वास्थ्य चौकीलाई दिइएको एम्बुलेन्स चलाउन समस्या भएकाले सामाजिक विकास मन्त्रालयमा फिर्ता गर्न ल्याइएको मटेला स्वास्थ्य चौकीका इन्चार्ज भरत मोरले बताए। प्रदेशका ९ जिल्लाका १६ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको थियो। भन्सार छुट बाहेक ६ करोड २५ लाख १२ हजारमा खरिद गरिएका एम्बुलेन्स त्यति बेला पनि विवादित भएका थिए। आधुनिक र सुबिधा सम्पन्न भनिएका एम्बुलेन्स पहाडी जिल्लामा चलाउन समस्या भएको गुनासो स्वास्थ्य…

Read More

डडेल्धुरा: उच्च शिक्षाको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए। मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका-१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए। उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन्। श्रीमतीसँग गरेको त्यो त्यो बाचा अब कहिले पूरा हुने छैन। यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधीकाका आँसु थामिरहेका छैनन्। नेपालमा श्रीमानको मोटरसाइकल साइकल दुर्घटनामा मृत्यु भएपछि राधीकासँगै पूरै बडुवाल परिवार शोकमा डुबेको छ। हिजो आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो। बडुवालले चलाएको…

Read More

एजेन्सी:ब१६ महिनापछि कोमाबाट बाहिर आएका एक व्यक्तिले श्रीमतीको षड्यन्त्रको रहस्य खुलाएका छन् । कुटपिटबाट घाइते भएका व्यक्तिले श्रीमती र प्रेमीसँग मिलेर हत्या गर्ने षड्यन्त्र गरेको बताए । भारतीय समाचार एजेन्सी दैनिक जागरणको अनुसार घातक हमलालाई सडक दुर्घटनाका रूपमा पार गर्ने प्रयास गरिएको थियो । प्रहरीले श्रीमती, उनका प्रेमी र अर्का विरुद्ध मुद्दा दर्ता गरेको छ । मेहना प्रहरी थानाका सहायक एसएचओ सुखपाल सिंहले भने कि रवि सिंहका छोरा बुटा सिंहले डिसेम्बर १०, २०२१ मा उनी बिजुली घर डला नजिकबाट मोटरसाइकलमा घर जाँदै थिए भनेर गुनासो गरे। बाटोमा दीप सिंह र बहादुर सिंह मोटरसाइकलमा आए । उनीहरुले उनलाई नराम्ररी कुटपिट गरे…

Read More

काठमाडौं: एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। नेपाली टिममा एक परिवर्तन भएको छ। प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो। समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

Read More

महेन्द्रनगर: कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका- १८ बस्ने बिरेन्द्र रावलले चलाएको म २प८३३३ मोटरसाईकलले साइकललाई ठक्कर दिँदा सोही नगरपालिका- ४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्युु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

Read More