Author: महेन्द्रनगर पोष्ट

बाजुरा: बाजुराको ढम्कने र हिमालीमा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण जिल्लाका १ सय ५६ भन्दा बढी घरमा क्षति भएको छ। जगन्नाथ गाउँपालिकमा ५७ घर, हिमाली गाउँपालिका– २ का २८, बुढीनन्दा–३ मा २१, त्रिवेणी नगरपालिका–२ सिम्लामा ३९ घर र त्रिवेणी नगरपालिका–१ छताराका वटा ४ घरमा क्षति भएको नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाका मन्त्री टंकप्रसाद न्यौपानेले जानकारी दिए। हिमाली गाउँपालिका वडा नं १ विच्छ्याँका खड्क थापाको घर भत्केको छ।  उनको परिवार अहिले छिमेकी बलेन्द्र थापाको घरमा बसेका छन् । बिच्छ्याँ मावि, बुढीनन्दा नगरपलिका वडा नं–२ कोल्टीका धु्रवराज रेग्मीको घर पूर्ण रूपमा क्षति हुँदा उनको परिवार आफन्तको घरमा बसेका छन्। बुढीगंगा…

Read More

काठमाडौं: विपी राजमार्ग अन्तगर्त सिन्धुलीको पिपलभञ्जा‌गमा कार दुर्घटना हुँदा @ जनाको मृत्यु छ। त्यस्तै एक जना घाइते भएका छन्। आईतबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईं प्रहरीले जनाएको छ। अर्का घाइतेको परीचय खुल्न सकेको छैन। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ। दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। अब सभापति लामिछाने दलको नेता बन्नेछन्। शनिवार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्। पार्टी संसदीय दलको बैठक सोमवार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको छ।

Read More

अछाम: अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षका याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले बताएको छ। उनी शनिवार सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्। उनको पोष्टमाटमपछि शव आफन्तको जिम्मा लगाइएको छ।

Read More

धनगढी- कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–५ बाट एक ग्राम ८६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ का अर्जुन चौधरी पक्राउ परेका हुन्। धनगढीका २६ वर्षीय अर्जुन गोदारीबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Read More

काठमाडौँ: रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ।  सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो। वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए। त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए। कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि तीन हजार एक जनाका लागि १० हजार…

Read More

काठमाडौँ: पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ। यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा र भारतसँग जोडिएका भूभागमा कुनै पनि समय आठ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण गरेको छ। वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले त्यति ठूलो भूकम्प केही वर्ष वा दशकभित्र जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए। उनले भने,…

Read More

पाँचथर: पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो।  चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मरेका अधिकांश माउ भेडा छन्।  चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन्।

Read More

काठमाडौं: कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्। प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको हो। आरोपीको विस्तृत विवरण खुलिसकेको छैन। ७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो।

Read More

काठमाडौं: आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको  सम्भावना छ।  कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का  वर्षाको सम्भावना  छ।

Read More