Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः महाकाली नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा भेटिएका छन्। मलामी गएका बेला नुहाउने क्रममा महाकालीमा बेपत्ता शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमालको शव भेटिएको हो। आईतवार दिउँसो उनी भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए। सोही नजिकै सशस्त्र प्रहरीको खोज तथा उद्दार टोलीले शव फेला पारेको हो।

Read More

दार्चुलाः शैल्यशिखर नगरपालिका सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी बेरुजु देखिने स्थानीय तहमा परेको छ। महालेखा परीक्षक कार्यालयको ६० औं प्रतिवेदन २०७९ अनुसार शैल्यशिखर नगरपालिका प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आउने स्थानीय तहमा परेको हो। कुल १ अर्ब ३४ करोड ६५ लाख ९८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १६ करोड ३६ लाख ३ हजार अर्थात औसतमा ११.९१ प्रतिशत बेरुजु आएको महालेखाले ३० चैतमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षणबाट एक वर्षमा शैल्यशिखरमा औँल्याइएको बेरुजु रु १६ करोड ३६ लाख ३ हजार रहेको छ। योजनाको आवश्यकताभन्दा पनि कार्यकर्ता पाल्ने र पोस्ने उद्धेश्यले बजेट विनियोजित गरेको,…

Read More

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ। भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको फेशबुकमार्फत बताएका छन्। उनले भनेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन।’ स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको बताएका छन्। उनले भनेका छन्, ‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं। तपाईंहरुको…

Read More

धनगढीः मलामी गएका कञ्चनपुरका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित नदीमा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई देवसिंह बुडालले जानकारी दिए। आज ९आइतबार० दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन। सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बम नेतृत्वको गोताखोर टोली खोजीमा जुटेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली पनि खोजीमा लागेको छ। तर, बेपत्ता हमाल भने अहिलेसम्म नभेटिएको सई बुडालले बताए।

Read More

काठमाडौंः नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आगामी दिनमा पनि विश्वभरका देश र छिमेकी मुलुकहरुसँग सम्बन्धलाई घनिष्ट बनाउँदै लाने बताएका छन्। आइतबार शपथलगत्तै पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीको भारत भ्रमणको कुरा आइरहेको छ। त्यसैको गृहकार्यको लागि तपाईंको मात्रै शपथ गराइएको भन्ने चर्चा छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यो पनि एउटा कारण हुन सक्छ। त्यसमा छलफल अगाडि बढाउँछौं। भर्खरै कार्यालयमा आएको छु। सचिवज्यूहरुसँग ब्रिफिङ लिन्छु। त्यसपछि मात्रै थाहा हुन्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाखभित्र भारत भ्रमणको तयारी गरिरहेका छन् । सोहीअनुसार आज उनले परराष्ट्र मन्त्रीका रुपमा साउदको शपथ गराएका हुन् ।

Read More

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीविरुद्ध करिब पौने ३ अर्ब बराबरको विगो कायम गरी मुद्दा तयार गरेको छ। नौ जनाको छु्ट्टाछुटै विगो कामय गरिएको छ। मुद्दा दायर गरिएका अन्यमा सिडिइी नविनकुमार पोखरेल, सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा,शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहित मान प्रधान,मेपटेक विल्डिंग सर्भिसेस प्रा।लिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ छन्। सुरक्षण मुद्रण…

Read More

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३८ वर्षीय वाशुदेव जोशीको हत्यामा संलग्नको पहिचान भइसकेको प्रहरीले जनाएको छ। गाउँकै एक जना युवाले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियारले घाँटी रेटेर जोशीको हत्या गरेको प्रहरीले जनाएको हो। घर नजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले घटनामा संलग्न ब्यक्तिको परिचय खुलिसकेको र खोजिकार्य भइरहेको बताए। ‘घटनास्थलमा एक युवालाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्,’ शाहीले भने, ‘घटनापछि ती युवा फरार छन्, खोजी गरिरहेका छौँ।’ बिष्ट थरका ती युवाले बाटो ढुकेर जोशीको हत्या गरेको प्रहरीले दाबी गरेको छ। हत्या घटनामा अन्य केही…

Read More

धनगढीः कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्। ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन्। उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ। क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई विभिन्न उपकरणहरु सहयोग गरिएको छ। आज धनगढी उपमहानगरपालिकाले प्रहरीलाई ट्राफिक उपकरणहरु सहयोग गरेको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बढ्दो सवारी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहज भूमिका निर्वाह गर्न आवश्यक पर्ने ट्राफिक उपकरणहरुको उपलब्धताका लागि प्रहरीले उपमहानगरलाई धन्यवाद ब्यक्त गरेको छ। उपमहानगरले ट्राफिकलाई ब्रेथलाईजर २ थान, हुईल लक ५ थान, म्याजिक लाईट २ थान र ट्राफिक संकेत बोर्ड ६०थान प्रखान गरेको थियो।

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। नेपाली कांग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी भएको छ। शपथग्रहण दिउँसो तीन बजे राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई जिम्मा दिइएको हो। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई सुदूरपश्चिमका एनपी साउदको नाम सिफारिस गरेका थिए। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथग्रहण गराउन लागिएको हो। कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ।

Read More