Author: महेन्द्रनगर पोष्ट

बझाङः बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकि धर्मादेवी खत्रीको मृत्यु भएको हो। खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधवारर (पर्सी) विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले पर्सी विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई जानकारी पनि गराएका छन्। मुख्यमन्त्री रावलले प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेको सभामुख भीमबहादुर भण्डारीले बताए। उनका अनुसार मुख्यमन्त्री रावलले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन्। यस्तै उनले आफू विश्वासको मत लिने तयारीमा रहेको पनि जानकारी दिएको भण्डारीले बताए। उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पर्सी विश्वासको मत लिने भन्ने कुरा जानकारीमा आएको छ। क्याबिनेट बैठकको निर्णयसहित उहाँको पत्र पनि हामीलाई प्राप्त भएको छ। त्यहीअनुसार व्यवस्थापनमा लागेका छौँ।’रावल २७…

Read More

धनगढी: नेपाल विद्यार्थी संघ डडेल्धुराले अनलाइनमा बढी रहेको ठगीबारे सचेतना कार्यक्रम गरिरहेको छ। संघले अनलाइनका माध्यमबाट हुने जोखिमबारे जनचेतना जगाउन विभिन्न क्याम्पसमा कार्यक्रम गरिरहेको हो । सोही क्रममा आइतबारमात्रै सदरमुकामस्थित भिमदत्त बहुमुखी क्याम्पसमा संघले कार्यक्रम गरेको जिल्ला अध्यक्ष पवन ऎरले जानकारी दिए। कार्यक्रममा परिवर्तन सामाजिक संजालको दुरुपयोग तथा अनलाइनका माध्यमबाट हुने गरेको ठगीबारे विद्यार्थीलाई जानकारी दिइएको उनले बताए । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सांसद सरस्वती खड्का तथा क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष सन्तोष जैरु अतिथि रहेका थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने संघका अध्यक्ष ऎरले बताए ।

Read More

धनगढी: कैलालीमा रबि लामिछानेका समर्थकहरुले कान्तिपुर पत्रीका जलाएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान कान्तिपुर बहिष्कार गर्ने भन्दै उनीहरूले पत्रीका जलाएका छन्। रास्वपाका अध्यक्ष समेत रहेका रबिबिरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरुले पत्रीका जलाएको बताएका छन्। स्वयं रबिले पनि आफूलाई मिडियाले खेदेको भन्दै हिजो कोलाहल मच्चाएका थिए। उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्री पदबाट बिदा भएपछि हिजोमात्र मिडियामा झुल्किएका थिए। त्यसपछि उनले त्यहीँ झोकमा उनले मिडियाविरुद्ध आफ्नो भडास पोखेका थिए। उनको पासपोर्ट काण्डको भने अहिले पनि छानबिन जारी छ।

Read More

धनगढीः प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति कैलालीले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रीत बालबालिकालाई सहयोग गरेको हो । आइतबार नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री (कापी, कलम) सहयोग स्वरुप प्रदान गरेको हो । संस्थाका अध्यक्ष मनोज अचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यावद ज्ञापन गरेका छन् ।

Read More

काठमाडौंः प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रचण्ड र विप्लवबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो। भेटमा माओवादीको तर्फबाट उपाध्यक्ष कृष्ण बहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड पनि सहभागी छन्। भेटमा समसामयिक राजनीतिक अवस्थाका, नेपाल कम्युनिस्ट पार्टीको मागका साथै पार्टी एकताका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

Read More

बझाङः सेती नदिमा हाम फालेर बझाङमा वडाध्यक्षका छोराले आत्महत्या गरेका छन्। सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए। प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो। थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेका छन्। प्रदेश सभामुख भीम भण्डारीले २५ गते विश्वासको मत लिने गरि छलफल भइरहेको जानकारी दिए। उनले भने,‘अहिले यस बिषयमा निर्णय भइसकेको छैन। तर, २५ गते विश्वासको मत लिने गरि कुरा भइरहेको छ ।’मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टी लचक भएको छ। टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक भएको हो । अहिले सम्म विश्वासको मत दिने बिषयमा निर्णय नभए पनि विश्वासको मत दिने बिषयमा सकारात्मक रहेको नागरिक उन्मुक्तिका शीर्ष नेताहरूको भनाइ छ ।नागरिक उन्मुक्ति संसदीय दलका नेता…

Read More

काठमाडौं: सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ। न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो। सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ। सर्वोच्च अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो । ७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित…

Read More

काठमाडौँ: कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको छ। पार्टीका उपाध्यक्ष लाक्पा तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएको हो। यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए। तामाङले त्यति बेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए। तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ। पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ।

Read More