धनगढीः प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति कैलालीले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रीत बालबालिकालाई सहयोग गरेको हो ।
आइतबार नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री (कापी, कलम) सहयोग स्वरुप प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष मनोज अचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यावद ज्ञापन गरेका छन् ।
Facebook Comments Box