काठमाडौंः प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रचण्ड र विप्लवबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो।
भेटमा माओवादीको तर्फबाट उपाध्यक्ष कृष्ण बहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड पनि सहभागी छन्। भेटमा समसामयिक राजनीतिक अवस्थाका, नेपाल कम्युनिस्ट पार्टीको मागका साथै पार्टी एकताका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
Facebook Comments Box