धनगढी: नेपाल विद्यार्थी संघ डडेल्धुराले अनलाइनमा बढी रहेको ठगीबारे सचेतना कार्यक्रम गरिरहेको छ। संघले अनलाइनका माध्यमबाट हुने जोखिमबारे जनचेतना जगाउन विभिन्न क्याम्पसमा कार्यक्रम गरिरहेको हो ।
सोही क्रममा आइतबारमात्रै सदरमुकामस्थित भिमदत्त बहुमुखी क्याम्पसमा संघले कार्यक्रम गरेको जिल्ला अध्यक्ष पवन ऎरले जानकारी दिए। कार्यक्रममा परिवर्तन सामाजिक संजालको दुरुपयोग तथा अनलाइनका माध्यमबाट हुने गरेको ठगीबारे विद्यार्थीलाई जानकारी दिइएको उनले बताए ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सांसद सरस्वती खड्का तथा क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष सन्तोष जैरु अतिथि रहेका थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने संघका अध्यक्ष ऎरले बताए ।
Facebook Comments Box