Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा खुकुरी प्रहारबाट २ युवक घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगपालिका १ भुरुवामा खुकुरी प्रहारबाट दुई युवक घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा जगत टमटा र राजेश टमट्टा रहेका छन्। सोमबार राति छिमेकीको घरमा नाच्न गएको समयमा करीब १० बजेतिर आपसी विवाद भएपछि लफडा भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। विवादपछि स्थानीय ४ जना युवाले २१ वर्षीय जगत टमट्टा र २५ वर्षीय राजेश टमटामाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ। यस्तै घाइते दुबै जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। तर, उनीहरुको नाम खुलाएको छैन्। घटनामा संलग्न एक…

Read More

कैलालीः कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताएकी छन्।कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पु¥याएको बताइन्। “हाम्रा लागि अबको पाँच वर्ष अवसर र चुनौती दुवैले घेरिएको छ। त्यो अवसर र चुनौतीलाई एकैसाथ टुङ्गोमा पु¥याउनुपर्नेछ, उनले भनिन्, “जनताकामाझमा बाँडेका सपना पूरा गर्नुछ। दश वर्ष विकासमा पछाडि परेको टीकापुरलाई समृद्धिको बाटोमा डो¥याउने मेरो सङ्कल्प रहनेछ।” उनले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई…

Read More

धनगढीः कैलालीमा खसी चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ को कौवापुरबाट खसी चोरेर भागेका प्युठानको मल्लरानी गाँउपालिका–४ बस्ने ४५ वर्षीय नारायण पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीमा खसी चोरी लगेको भन्ने निवेदन परेपछि खोजतलासका क्रममा पुनमगरलाई खसीसहित पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका सभामुख आलोचित बनेका छन्। सभामुख भीमबहादुर भण्डारी क्वाटरवाला लफडाका कारण कार्यकालको सुरुमै विवादमा तानिएका हुन्। उनले सभामुखको सरकार निवासको कार्पेट र त्यहाँ रङ्गरोगन नभएको भनेपछि आलोचना खेप्नुपरेको हो। उनले कार्पेट पूरानो भएको भन्दै निवासमा बस्न नमानेको पनि बताइन्छ। तर, उनले भने त्यो कुरा अस्वीकार गरेका छन्। उनले केही दिनमा क्वाटरमा सर्ने दाबी गरे। यता प्रदेशसभा सचिवालय स्रोतले भने सभामुख र उपसभामुखले सरकारी आवासमा कार्पेट र रङ्गरोगनको माग गर्दै बस्न नमानेको जनाएको छ। सचिवालयले बजेट व्यवस्थापन गरेर क्वाटरहरु सजाएर बस्ने वातावरण मिलाउने पनि जनाएको छ

Read More

धनगढीः सुदुरपश्चिम प्रदेश सरकारको सरकारको प्रवक्ता मन्त्री खगराज भट्ट तोकिएका छन्। बुधबार बसेको मन्त्रीपरिद बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई तोकेको हो। उनी बिना विभागीय मन्त्री हुन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका नयाँ डिआइजी अशोक सिंह धनगढी पुगेका छन्। बुधवार प्रहरी नायव महानिरीक्षक (डिआइजी) सिंहले धनगढी पुगेर प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन्। उनी हालै यहाँ सरुवा भएका हुन्। उनी यसअघि विशेष ब्युरोमा कार्यरत थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका यस अघिका डिआइजी मोहनकुमार आचार्यको सरुवा भएपछि उनी यहाँ आएका हुन्। उनी धनगढीका स्थानीय बासिन्दा हुन्। सिंह काठमाडौं, पोखरा लगायतका जिल्लाको कमाण्ड सम्हालिसकेका व्यवसायिक प्रहरी अधिकृत हुन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिम सेती जलविद्युत परियोजना र एसआर–६ जलविद्युत परियोजनाको निर्माण र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। दुवै परियोजना निर्माण सम्बन्धी लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै रावलले सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्। बुधबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै रावलले दुवै परियोजना कार्यान्वयन भएमा सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्। नेपालमा उत्पादित विद्युत निर्यात गरी व्यापार घाटा न्यूनीकरणमा पनि टेवा पुग्ने उनको अपेक्षा छ तर कतिपयले परियोजना अघि बढाउने सम्बन्धमा प्रतिकुल हुनेगरी विचार र क्रियाकलाप गरिरहेकोप्रती सरकारको ध्यानाकर्षण…

Read More

धनगढीः कैलालीबाट खसी चोरी गरी फरार भएका एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरबाट खसी चोरेर फरार भएका प्युठान मल्लरानी गाँउपालिका ४ का ४५ वर्षीय नारायण पुनमगर पक्राउ परेका हुन्। उनले पुस २९ गते कैलालीबाट खसी चोरेर फरार भएका थिए। कौवापुरबाट खसी चोरेको निवेदन परेपछि लम्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी उनलाई खसीसहित पक्राउ गरेको जनाएको छ। लम्की प्रहरी कार्यालयमा ल्याएर उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

Read More

बझाङः बझाङमा महिला मृत फेला परेकी छन्। मंगलबार बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन्। मोहना कफलसेरी खोलामा मृत अवस्थामा फेला परेकी छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षीया स्वस्तिका थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार मंगलवार दिउसो उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भैरहेको जनाइएको छ। उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत विद्यार्थी हुन्।

Read More