Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

Read More

काठमाडौं : गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरलगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिव तथा वरिष्ठ प्रहरी अधिकृतको उपस्थित रहेका थिए । शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको…

Read More

काठमाडौं : कामचलाउ सरकारका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले आफू सरकारमा नरहे पनि गृह मन्त्रालयको कामकारवाहीलाई नजिकबाट नियालिरहने बताएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सरकार परिवर्तनसँगै अपराध अनुसन्धानमा प्रभाव पर्नसक्ने आशंकासमेत गरे । गृहसचिव र तीन वटै प्रहरी संगठनका प्रमुखहरुलाई अगाडि राखेर उनले नक्कली शरणार्थी प्रकरणका आरोपित बेचन झाको बयान,जिबी राई पक्राउ सम्बन्धमा भएको प्रगतिलगायत अन्य विषयको अनुसन्धानमा हात नकमाउन आग्रह गरे । यी सबै कुरा प्रतिपक्षमा बसेर नियालिरहने लामिछानेले बताएका छन् । राजनीतिमा नयाँ पुस्ता आइसकेको उल्लेख गर्दै उनले अहिले जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने कुरा महसुस गर्न सुरक्षा निकायका प्रमुखलाई अनुरोध पनि गरे…

Read More

काठमाडौं : नेपालको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागका चिफ हुतराज थापासँग काठमाडौंमा केही युवाको विवाद भएको बताइएको छ। हिजो बेलुकी दरबारमार्गको शेर्पा मल छिरेका थापाको त्यहाँ विवाद भएको बताइएको हो। मलभित्र थापा केही युवाबीच खानपिनको क्रममा भनाभन भएको स्रोतको दाबी छ। स्रोतका अनुसार बिदा मनाउन भन्दै थापा पूर्वयोजना बमोजिम हिजो साँझ दरबारमार्गको शेर्पा मलभित्र पुगेका थिए। सोही क्रममा त्यहाँ पूर्व सभामुख कृष्णबहादुर महराका छोरा एटम (निर्मल)सँग कुराकानी गर्दैगर्दा थापासँग मलभित्रको रेष्टुरेन्टमा एटमका साथीहरु अनिल र अविनाश पनि पुगेका थिए। सोही समयमा उनीहरूको थापासँग विवाद भएको बुझिएको छ। उक्त घटनापछि थापा रेष्टुरेन्टबाट बाहिरिएका थिए। हुतराजको एटमसँग निकै बाक्लो उठबस रहेको बताइन्छ।…

Read More

धनगढी : कैलालीको अत्तरिया क्षेत्रका विभिन्न होटलहरूमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारी ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले २९ गते साँझ डोटी जोरायल थापा होटल र मष्टामण्डाली सुदूर पश्चिम होटलमा छापा मारेको थियो। छापाको क्रममा डोटी जोरायल थापा होटलबाट एक जोडी पुरुष र महिला तथा मष्टामण्डाली सुदूर पश्चिम होटलबाट अर्को जोडी पुरुष र महिला पक्राउ परेका छन्। साथै, होटल संचालक समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका ५ जनामध्ये दुई जोडी अनैतिक क्रियाकलापमा संलग्न रहेका थिए भने एक जना होटल संचालक हुन्। पक्राउ परेकाहरूमाथि थप…

Read More

धनगढीः कैलालीको अत्तरियामा सवारी दुर्घटना भएको छ। बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीका २ जनासहित ५ जना घाइते भएका छन्। शनिवार साँझ अत्तरिया–धनगढी ६ लेन सडक खण्ड अन्तरगत सब्जी मन्डी अगाडी भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जना सशस्त्र प्रहरी र बसमा सवार ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट अत्तरियातर्फ आइरहेको से १ ख ९१५ नम्बरको बसले सडक क्रस गरिरहेको सुदूरपश्चिम प्रदेश ०१०१० प ८६३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का ३० वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सुरत ऐर र २८ वर्षीय सशस्त्र प्रहरी जवान निलम बोहरा…

Read More

काठमाडौं : काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटा सुरक्षा अंगका प्रमुखसँग छलफल गरेका छन्। आज बिहान निजी निवास खुमलटारमा बोलाएर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको पछिल्लो अवस्थाको जानकारी लिएका हुन्। उनले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको स्वकीय रमेश मल्लले बताए। सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरे। सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। देशको राजनीतिक परिस्थिति जे जस्तो भएता पनि देशको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा…

Read More

धनगढी : नेपाली काग्रेस नेतृ आरजु राणा देउवा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने लगभग निश्चित छ । तर पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा पत्नी आरजुलाई मन्त्री बनाउन रुचाइरहेका छैनन् । आरजु भने लगातार मन्त्रीका लागि दबाब बढाइरहेकी छन् । पार्टीभित्रको सन्तुलन मिलाउन पनि देउवाले आरजुलाई मन्त्री नबन्न पटक–पटक भनेका छन् । तर उनी तयार छैनन् । गतसाता मात्रै कांग्रेस नेताहरु देउवा निवास पुग्दा देउवा दम्पत्तीबीच मन्त्रीको विषयमा चर्काचर्की भएको थियो । शनिबारपनि कांग्रेस महिला नेतृको टोली देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । सो क्रममा उनीहरुले आरजुलाई मन्त्री बनाउनुपर्ने माग राखे । उनीहरुको कुरा…

Read More

काठमाडौं : काठमाडौंको ठमेलबाट झण्डै ६ किलो कोकिनसहित पक्राउ परेकी मलेसियन महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । ठमेलस्थित काठमाडौं सिटी होटलबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ४७ वर्षीया बाथुमलाई भाडिभालो छन् । उनको साथबाट ८ किलो ८२० ग्राम कोकिन बराम भएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । अन्तराष्ट्रिय बजारमा लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ । अधिकारीका अनुसार बरामद भएको कोकिनको मुल्य २० करोड ३७ लाख बढी हुन आउँछ । उनले सो कोकिन ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर लुकाएकी थिइन ।

Read More

धनगढी : कञ्चनपुरमा डडेल्धुराकी एक बालिकाको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका–१ बैसख्खा शिविर स्थित स्याली नदीमा डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानीका महादेव नाथकी १४ वर्षीया छोरी पुष्पा नाथको शव फेला परेको हो । शनिवार मृत फेला परेकी बालिका कञ्चनपुरमा मामा घरमा बस्दै आएकी थिइन ।

Read More