Author: महेन्द्रनगर पोष्ट

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपमा उजुरी परेको छ। उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जाहेरी परेको हो। सिन्धुलीका युवराज पौडेलले लामिछानेविरुद्ध मंगलबार जाहेरी दिएका हुन्। यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए। अदालतले रविको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएको थियो। सर्वोच्च अदालतले अवैध भनेको नागरिकताकै आधारमा उनले राहदानी बनाएको र जतिबेला उनीसँग दोहोरो पासपोर्ट रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी छानविन गर्न जाहेरीमा माग गरिएको छ। रविले २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। अमेरिकी पासपोर्टवहाक उल्लेखित…

Read More

धनगढी: कञ्चनपुर प्रहरीले दुईलाख बढीको अवैध सामान बरामद गरेको छ। भीमदत्त नगरपालिका १० भुजेला पुल र १५ कालीपुल नजिक अवैध रुपमा भन्सार छली गरील्याई लुकाई छिपाइ वेवारिसे अवस्थामा राखिएका बिभिन्न किसिमका कपडा, साडी, चिनी र दुधपाउडर प्रहरीले बरामद गरेको छ। मंगलवार बिहान १० बजेको समयमा विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो। दुई लाख बाह्र हजार नौ सय बढीको सर–समान वेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलाली प्रहरीले कागजपत्र किर्ते गरेर मोटरसाइकल चलाइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रदेश अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय भजनीको टोलीले लम्कीचुहा नगरपालिका–१० का ३१ वर्षीय खेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी_ वेदप्रकाश जोशीले चौधरीले सुपप्र ०१–००८ प १६८६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा कागजात किर्ते गरेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

Read More

धनगढीः अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशमा संगठन निर्माण तथा सुदृढिकरण अभियान चलाउने भएको छ। नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारीको तेस्रो प्रदेश बैठकले स्ववियु निर्वाचनलाई लक्षित गर्दै प्रदेशमा संगठन निर्माण र सुदृढिकरण अभियान चलाउने निर्णय गरेको हो। ९ वटै जिल्लामा बैठक तथा प्रशिक्षण चलाउने, सुदुरपश्चिम विश्वविद्यालयलाई तत्काल स्ववियु निर्वाचनको मिति तय गर्न अनुरोध गर्ने निर्णय समेत गरेको अखिल क्रान्तिकारीका प्रदेशका प्रमुख सचिव डम्बर भट्टराईले जानकारी दिए। पूर्ण बैठकमा माओवादी केन्द्र सुदूरपश्चिमका अध्यक्ष हरीराम चौधरीले आन्तरिक एकतालाई मजबुत बनाउदै स्ववियु निर्वाचनमा केन्द्रीत हुने निर्देशन समेत दिएको भट्टराईले बताए। क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मिलन एमसीको प्रमुख आथित्यतामा बसेको प्रदेश कमिटिको बैठकमा पार्टीका प्रदेश अध्यक्ष चौधरीसहितका…

Read More

धनगढी : धनगढीमा एसबी कृषि मार्ट सञ्चालनमा आएको छ । व्यवसायी विष्णुराज बुर्लाकोटीले एसबी कृषि मार्ट सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार कृषि संग सम्बन्धित मार्ट नेपालमै पहिलो पटक धनगढीमा खुलेको हो ।किसानलाई वयवसायीकरण गराई उत्पादनमा समावेस गराउँदै उपभोक्तालाई स्वस्थकर र गुणस्तरिय खाद्या सामाग्री उपलब्ध गराउन, किसानलाई आवश्यक बीउ, मलखाद तथा कृषि सामग्री शुलभ मुल्यमा उपलब्ध गराउन, अर्गानिक खेतिमा किसानलाई आकर्षित गराउन कृषिमार्ट सञ्चालनमा ल्याइएको सञ्चालन बुर्लाकोटीले बताए ।मार्टमा कृषि सम्बन्धी सम्पुर्ण सामग्री सुपथ मुल्यमा पाइनुका साथै लोप हुँदै गएका स्थानीय खानाका परिकार उपलब्ध हुने उनले बताए । कृषि मार्टले किसानलाई कृषि सम्बन्धी प्रशिक्षण दिने, माटोको निशुल्क परिक्षण गरी माटो अनुसारको…

Read More

धनगढी: सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा डडेल्धुराका सुरत तमोली पक्राउ परेका छन्। विगत लामोसमयदेखि फेसबुकको दुरुपयोग गर्दै आएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका तमोलीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। पत्रकार महासंघ डडेल्धुराले निवेदन दिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए। पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले पटकपटक स्टाटस लेख्ने र यहाँका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले कानूनी कारबाहीको मागसहित महासंघले निवेदन दिएको थियो। तमोलीले यसअघि पनि पटकपटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका थिए।

Read More

धनगढी: राष्ट्रिय युवा संघ नेपालका नेता प्रकाश खड्कामाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप लागेको छ । राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा एमाले कैलालीका जिल्ला कमिटि सदस्य प्रकाश खड्कामाथि ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले दुव्र्यवहार गरेको आरोप लागेको हो । खड्कामाथि १५ माघ गते टीकापुरमा सञ्चालित महोत्सव अगाडि दुव्र्यवहार गर्ने डीएसपी शाही र उनका अंगरक्षकलाई कारवाहीको माग गरिएको छ । राष्ट्रिय युवा संघ सुदूरपश्चिमका संयोजक विनय शाहले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै खड्कामाथि प्रहरीले गरेको दुव्र्यवहारप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शाहले जनताको जिउधनको सुरक्षामा खटिने राष्ट्र सेवकबाट सार्वजनिक स्थानमा व्यक्तिगत पूर्वाग्रह राखेर…

Read More

बाजुरा: हिमाली गाउँपालिका–३ युनास्थित कवाडी नदीको बगरको झाडीबाट एक थान भरूवा बन्दुक फेला परेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी बिच्छ्याबाट खटिएको प्रहरीले झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो। यस सम्बन्धमा बाजुरा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: अवैध लागूऔषध चरेशसहित प्रहरीले बैतडीको सुर्नया गाउँपालिका–१ हटैराज गुरकेलीका एक युवालाई पक्राउ गरेको छ। २५ वर्षीय दिपक चन्दलाई १ सय ९९ ग्राम चरेशसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दिपकले सोही ठाउँमा सञ्चालन गरेको श्री केदार हटैराज खुद्रा पसलमा लागूऔषध चरेस बिक्री भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले खानतलासी गर्दा उक्त लागूऔषधसहित फेला पारेको थियो। यस्तै प्रहरीले धनगढी उपमहानगरपालिका–३ चौराहास्थित एक होटलबाट ब्राउनसुगरसहित अछामको सांफेबगर नगरपालिका–३ घर भएका ३४ वर्षीय मुकेश कुँवरलाई पनि पक्राउ गरेको जनाएको छ। सोमबार साँझ प्रहरीले ९ सय मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–५ डेरा गरी बस्ने कुँवरलाई पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय…

Read More

धनगढीः कैलालीमा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो। तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको बताइएको छ। उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ। उनलाई मंगलवार बिहान नै जंगलबाट पक्राउ गरिएको हो। श्रीराम पहिला पनि ज्यान…

Read More