Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् । खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिइएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

Read More

हेटौंडा – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकाले चाँडै लागू गर्नुपर्ने बताउनु भएको छ । मंगलबार हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उहाँले बैदेशिक रोजगारका नाममा भईरहेको वेचविखन जस्ता आपराधिक कार्य रोकथाममा पनि प्रणालीले सहयोग गर्ने बताउनुभयो । ‘मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या भईरहेको छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ ।’ असहाय बालबालिकाको एकीन तथ्यांक नहुँदा धेरै समस्या भएको भन्दै उहाँले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको…

Read More

काठमाडौं – तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा सल्यानको दार्मा गाउँपालिका- ३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन(मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिब २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरूलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा मंगलबार बैठकमा प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिबाट विधेयक फिर्ता आउनु राम्रो भएको र अब वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्षे प्रावधान राख्न आग्रह गरे । दलहरु विभाजित भएर होइन एकजुट भएर सात वर्षे प्रावधान राखेर पारितसहित गर्नुपर्नेमा उनले जोड दिए । ‘संसदमा रहेका राजनीतिक दल एक ठाउँमा उभियौँ, नागरिकता जस्तो संवेदनशील विषयमा विभाजित भएर होइन, हामी कित्ताबन्दी भएर होइन, समाजलाई विभाजित गरेर होइन, एक ठाउँ उभिएर पुनर्विचार गरौँ,’ प्रमुख सचेकत भट्टराईले भने…

Read More

काठमाडौं – प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। पारितअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो। अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो।

Read More

काठमाडौं – आज मंगलबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा खोटाङ बाह्रपोखरी गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्‍युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको छ । पक्राउ परेको राइले १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रुपमा काममा लगाईदिन्छु, सुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुन्छ भन्ने प्रलोभन देखाई उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएके छ । साथै निजलाइ वैदेशिक रोजगार विभागबाट पक्राउको लागि पत्राचार भएसंगै प्रहरीले कोटेश्वरबाट पक्राउ…

Read More

काठमाडौं – पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि सर्वसाधारणका लागि करिब २५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो । सोमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि तथा १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर पछिल्लो समयको आवेदन…

Read More

काठमाडौँ – रुपन्देहीको बुटवलस्थित एक होटेलमा बास बसेका एक महिला र एक पुरुष मृत फेला परेका छन् । धादिङको कुमपुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङ्जा कारीकोटे होटेलको कोठा नम्बर १३४ मा उनीहरू आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पङ्खामा झुण्डिएको अवस्थामा दुबै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको…

Read More

काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त तालिम हुँदैछ । ‘एक्स व्यालेन्स नेल २२९५५३०’ नाम दिइएको संयुक्त सैन्य अभ्यास भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स व्यालेन्स नेल’ विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण हुन लागेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छ । नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित…

Read More