Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ। उनको शनिबार बिहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो। विक्रम सम्वत १९८१ साल असोज दशै टिकाको दिन अछामको रिडिकोट (हाल साफेवगर नगरपालिका–७ ) जन्मिएका शाह बुढानिलकण्ठस्थित छोराहरुसँग बस्दै आएका थिए।  नेपाली कांग्रेसको एक योद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी थिए। कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलाशखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उनले नेतृत्व गरेका थिए।  उनी वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लागेका थिए। कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक…

Read More

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल राइट्स लगायतबाट हुने आम्दानी छुट्टै छँदैछ।  वर्षकै हिटमध्येको एउटा चलचित्र हो- ‘१२ गाउँ’। पुराना अभिनेता विराज भट्टले झण्डै एक दशकपछि कमब्याक गरेको यहि फिल्मबाट उनका छोरा समिर भट्टले डेब्यु गरे। बाबुछोराको ‘केमियो’ लाई दर्शकले यति मन पराए कि १२ गाउँले नेपालमा मात्रै २७ करोड कमायो।  चलचित्रको सफलतालाई सेलिब्रेसन गरिरहेका उनै विराजले छोरा समिरलाई साढे तीन करोडको कार उपहार दिएका छन्। विराजले छोराको पहिलो सफलतामा तीन करोड ६० लाख मूल्य पर्ने ल्याण्ड क्रुजर कार दिएका हुन्।  बाबुछोराकाे उपहारमा कार आदान-प्रदानको फोटो…

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेलाई सुदूरपश्चिमको बाजुराबाट प्रतिनिधि सभा सदस्य बनाउने तयारी गरेका छन्। निकट स्रोतका अनुसार लामिछानेले यस विषयमा पार्टीभित्र पनि योजना अगाडि बढाएका छन्। निकिता लामिछानेले केही समय अगाडि बाजुरामा ‘नारी टिभी’ को उद्घाटन गरेकी थिइन्। महिलाको आवाज बुलन्द गर्ने उद्देश्यले स्थापना गरिएको भनिएको यो टेलिभिजनको अधिकांश कार्यक्रम उत्पादन बाजुरामै हुनेगरी योजना बनाइएको थियो। उद्घाटन समारोहमा बाजुराकी ८४ वर्षीया नन्दा साउदलाई दीप प्रज्वलन गराएर औपचारिक सुरुवात गरिएको थियो। निकिताको सक्रियता र चुनावी तयारी२०७९ सालमा रवि लामिछाने चितवनबाट निर्वाचित भएपछि निकिता लामिछानेको बाजुरा आवतजावत बढेको देखिएको छ। सामाजिक सञ्जालमा…

Read More

धनगढी: प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो। कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेकी छन्। प्रशिक्षकको रूपमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा, र फिजियो तथा सहायक प्रशिक्षकमा दीपेन्द्र बोहरा रहेको सचिव भट्टले बताए। पुस १९ देखि २५ गतेसम्म बैतडीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा…

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ। आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार  गरिएको छ। उपभोक्तालाई चौबिसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए।  उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ। आठ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ। यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन । आयोजनाको…

Read More

काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेकलाई सरकारले संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पेस गर्न स्वकृति दिएको हो। गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यसैअनुसार गृह मन्त्रालयले विधेयक अघि बढाएको हो। गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्‍मा पेस गरेको थियो। मन्त्रिपरिषद्को विधयेक समितिमा छलफलपछि विधयेक संघीय संसद्‍मा पठाउने निर्णय भएको हो।

Read More

दार्चुलाः दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमण गर्दा ३५ वर्षीया महिला घाइते भएकी हुन्। घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।  यस्तै अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको साँफेबगर नगरपालिका–१२ खप्तडस्थित गोरु बाँध्ने गोठमा गोरुलाई घास हाल्न जानेक्रममा जंगली जनावर बँदेलले आक्रमण गरी सोही स्थानका १५ वर्षीय बालक घाइते भएका हुन्। घाइते बालको न्याय हेल्थ हस्पताल बयलपाटामा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

Read More

दार्चुला: भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले दार्चुलाको खलंगा ठेगाना भएका रवि सिंह नाम गरेका ३३ वर्षीय युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ। मजदुरी गर्न भारत गएका उनले १४ वर्षीया बालिकालाई ललाईफकाई पाँच दिनसम्म नियन्त्रणमा राखेर बलात्कार गरेको बताइएको छ। प्रहरीले ०७७ भदौमा बलात्कार आरोपमा रविलाई पक्राउ गरी अनुसन्धान थालेकोमा चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए। बिहीबार बलात्कारको अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई २० वर्षको सजाय र ५० हजार जरिबानाको फैसला सुनाएको हो।  १६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन्।…

Read More

खटिमा, भारत: सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री, प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाश बहादुर देउवाले भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटघाट गरेका छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज समेत रहेका देउवाले बिहीबार राति खटिमा पुगेर मुख्यमन्त्री धामीसँग भेट गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक सहकार्य, सीमा समस्या तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। सीमावर्ती क्षेत्रका समस्यालाई समाधान गर्न संवादलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको स्रोतले जनाएको छ। भेटघाटले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो भेटलाई क्षेत्रीय स्तरमा द्विपक्षीय सम्बन्ध सुधार गर्न पहलका…

Read More

एजेन्सी: भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्यान गएको छ। पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो। गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ। घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ। उनको टाउकोमा गोली लागेको थियो। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।

Read More