Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गरे । नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’ को रुपमा नलिई यसमा विवेक पुर्याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाई थियो । सांसद ज्ञवालीले सो विधेयकमा संसदीय नियमावली अनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण समेत गराए । जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे…

Read More

काठमाडौं – नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै विरोध प्रदर्शन उत्रिएका थिए । उनीहरूमध्ये ७ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार अहिले संसद बैठक चलिरहेको र बाहिर प्रदर्शन पनि भइरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । बानेश्वरमा भएर आउने जाने सवारी साधनलाई पनि संसद भवन क्षेत्रबाट जान रोक लगाएर एक साइटतिरबाट मात्र आउन जान दिइएको छ ।

Read More

काठमाडौं – संसद बैठकमा नागरिकता विधेयकमाथि छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । यसअघि सदनले पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ८ बुँदे सन्देशसहित सदनमै फिर्ता पठाएकी थिइन्। यो सँगै संसदमा पुन नागरिकता विधेयकको विषयमा छलफल सुरू भएको छ।

Read More

सर्लाही– मलङ्गवा नगरपालिका–२ मा करिब छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरू सञ्चालनमै रहेका र चाँडै नै नयाँ बसपार्कबाट बस सञ्चालन हुने बताइएको छ । नयाँ बसपार्क निर्माण भएको करिब छ महिना भइसकेको भए पनि सञ्चालनका लागि समन्वय भइरहेको र चाँडै नै सबै पक्षसँग समन्वय गरी सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताए । पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारीसाधनको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको हो । टर्मिनल भवनसहित निर्माण…

Read More

काठमाडौं – प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनः विचार हुन आवश्यक देखिएको…

Read More

काठमाडौं – आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार २ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने ३ सय रुपैयाँले घटेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारबाट सुनको मूल्य घट्दै आइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्य तालिका सार्वजनिक गरेको छ । राष्ट्रपतिले चासो देखाएर पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक आँखाले हेर्न नहुने…

Read More

काठमाडौं – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाटको विषय टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटरामा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संसदबाट बिहीबार नै पारित गरेर पठाउन लागिएको नागरिकता विधेयक, प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन, गठबन्धन दलबीच सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ। सिट बाँडफाँड कार्यदलमा भएको प्रगति विवरण पनि बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए। साउन २० गते गठन भएको कार्यदलले सिट बाँडफाँडको ठोस खाका तयार गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरु नै छलफलमा जुटेका हुन्।

Read More

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ । कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ । नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने छन् । पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरे लगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए । ‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’ यो सफलता प्राधिकरणको आन्तरिक म्यानेजमेन्टले मात्रै नभइ विद्युत खपत बढाउने योजनाअनुसार नै भएको उनको भनाइ छ । यस अवधिमा विद्युत खपत बढाउनका लागि धेरै ठाउँमा पूर्वाधार बनाइएको छ…

Read More