Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको छ । आइतबार साँझ विज्ञप्ति जारी गर्दै उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउदै नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभा फिर्ता पठाइएको हो ।

Read More

दार्चुला – दार्चुला जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएपछि वर्षेनी खाद्यान्न अपुग हुने गरेको छ । पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए । पछिल्लो समयमा उत्पादन सिल क्षेत्र कम, खडेरी, उत्पादन क्षेत्र भिरालो, आधुनिक मेसिन तथा औजार हरुको प्रयोग कम ,लगायतका कारणले जिल्लामा खाद्यान्नको उत्पादनमा कमी आएको ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । यसले जिल्लामा चाहिने खाद्यान्न अपुग हुने गरेको छ । जिल्लामा अझै ‘अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक २७ हजार…

Read More

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् । हाल नेपालमा…

Read More

काठमाडौं – म्याग्दे गाउँपालिका-२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ५८ हजार २ सय २३ रुपैयाँ र २ सय १४ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – आज साताको पहिलो दिन आईतबार पनि नेप्से परिसूचकले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आईतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा पुगेको छ । नेप्से १.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.७३ अंकले घटेर ३ सय ८६.९४ को बिन्दुमा झरेको छ । कूल २२७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ ।…

Read More

काठमाडौं – पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ। त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरुले बताएका छन्। उद्धार टोलीले सुरुमा बसबाट शव निकाल्दा पाँच जनाको मृत्यु भएको जनाइएको थियो। तर, घाइते भएकाहरूको मृत्युपछि उक्त सङ्ख्या १३ पुगेको उद्धार अधिकारीहरूले बताएका छन्। बाँकी घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ। पाकिस्तानमा मुख्यतया खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू…

Read More

काठमाडौं- सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताए। प्रवक्ता कार्कीकाअनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९र०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो।उनले जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुन:स्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६…

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन्। उनले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोध र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन गरेर नयाँ विधेयक ल्याइएको जानकारी दिँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमासम्बन्धी अलग्गै ऐन कार्यान्वयनमा रहेकाले उक्त ऐनबमोजिम नै कार्य…

Read More

सुर्खेत – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए।

Read More

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने जानकारी दिए। ‘उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी २४ दिनसम्म के-के गर्न पाइने हो भन्ने पनि आयोगले नै भन्नेछ,’ थपलियाले भने,‘यो अवधिमा प्रचार-प्रसार गर्न भने पाइने छैन। अहिलेको कानुनमा टेकेर हामी निर्देशिका जारी गर्छौं।’ आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो। आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९…

Read More