रौतहट: रौतहटको चन्द्रनिगाहपुर स्थित माछापुच्छ्रे बैक लिमिटेडको शाखाबाट एक सेवाग्रहीको खाताबाट ९ लाख रकम गायब भएको छ।
आईतबार चेक साट्न गएका बृन्दावन नगरपालीका- ३ का रामेश्वर राय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो। अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो। आइतबार उनी ८ लाखको चेक लिएर बैक गएका थिए।
बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक दिएका थिए। शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको यादबले जानकारी दिएका छन। आईतबार ८ लाखको चेक लिएर साट्न गएका यादबको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिएपछि यादब चकित भए।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगे पछि घटनाको अनुसन्धान थालेको जनाएको छ। पिडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन्।