Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः थारू समुदायमा मुसा सिकार मार्ने गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ। कञ्चनपुरका रामबहादुर चौधरीका अनुसार पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे। चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके।” थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन्।शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन्। उनी बिल हेरेर नै त्यसमा मुसा भए(नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्। धान भित्र्याएर अहिले…

Read More

धनगढीः कैलालीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन्। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिक गम्भिर घाइते भएका थिए। घाइते बिकलाई घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा पुगाइएको थियो। उपचारको क्रममा बिहीबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक लम्की चुहा नगरपालिका–४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको बिचमा छलफल भएको छ। भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लामा छलफल भएको हो। छलफलमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डे, नम्बर ३५ गण कञ्चनपुरका गणपति खगेन्द्रबहादुर चन्द र भारतीय समकक्षी सीमा सुरक्षा बल एसएसबीका रानीपोखरी प्रमुख अमित कुमार छलफलमा सहभागी थिए। सो छलफलमा दुई सुरक्षा निकायबीचको सम्बन्ध, सूचना आदानप्रदान, सीमा इलाकामा संयुक्त गस्ती, सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप, अवैध रूपमा खोटा मुद्रा अपचलन, अवैध सामान ओसारपसार, हातहतियार ओसारपसार, लागुऔषध ओसारपसार तथा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पाँच नम्बर गल्लीबाट भारतीय युपी २२ एडी ७२६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला रामपुर ग्राम हाजिर नगर बस्ने २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अलीलाई प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई २८ दश्मलव ३५ ग्राम लागूऔषध ९खैरो हेरोइन०सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने कमला कठायतको गोठमा बिहीवार आगलागी भएको हो। कमला आफैले बालेको आगोबाट गोठ भित्र रहेको परालमा आगलागी हुँदा गोठमा रहेको अन्नपात, काठ लगायतका सामान गरी तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागीबाट एउटा भैँसी र पाडो जलेर घाईते भएको छन्। उक्त आगलागी प्रहरी स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं –१ रीमको आड गाउँमा विद्युत विस्तार भएको छ। स्थानीय युवाहरुको सक्रियता र नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको सहयोगमा गाउँमा बिजुली बलेको स्थानीय समेत रहेका ज्योतिष डिल्लीराज जोशीले बताए। लामो समयपछि गाउँमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयहरु खुसी भएका छन्। नेपाल विद्युत प्राधिकरणको विद्युत विस्तार गर्ने योजना अनुसार आड गाउँमा बिजुली पुगेको हो। गाउँमा विद्युत विस्तार भएपछि अहिले २० घरधुरीमा बिजुली बलेको स्थानीय समेत रहेका अधिवक्ता भिष्म जोशीले बताए। उनले भने ‘गाउँमा लामो समयपछि विद्युत विस्तार भएपछि स्थानीयबासिन्दाहरु खुसी भएका छौं। विद्युत विस्तार भएपछि अन्धकारबाट मुक्त भएका छौं।’ अठोला पञ्चाङ्गको केन्द्रीय कार्यालय समेत रहेको आड…

Read More

काठमाडौं: सुदूरपश्चिममा ड्रग्स सप्लाई गर्ने २ जना डिलर समातिएका छन्। आज (बिहीबार) लागूऔषध नियन्त्रण व्युरो, शाखा कार्यालय महेन्द्रनगरको टोलीले उनीहरूलाई समातेको हो। समातिनेमा जिल्ला राजपुर ग्राम हाजिर नगर उत्तर प्रदेश भारत बस्ने २६ वर्षीय रेहान अहमत र २८ वर्षीय गुफरान अली रहेका छन्। उनीहरूको साथबाट सिनियर सब-इन्सपेक्टर केशव जोशीको टोलीले २८.३५ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनीहरूलाई टोलीले २ मोबाइल र एक मोटरसाइकलसहित भीमदत्त नगरपालिका १८ स्थित इलाकाबाट समातेको थियो। प्रहरीले चेकजाँच गर्ने क्रममा युपी २२ एडी ७२६२ नम्बरको सेतो कलरको अपाची मोटरसाईकल चलाई आईरहेको अवस्थामा गुफरान अलीले लगाएको निलो जिन्स पाईन्टको खल्तीमा ड्रग्स फेला परेको थियो। खल्तीमा सेतो…

Read More

काठमाडौं: नेपाल प्रहरीका डीएसपी शिवबहादुर सिंहविरुद्ध उजुरी परेको छ। केन्द्रिय विशेष कार्यदल नक्सालमा कार्यरत सिंहविरुद्ध प्रहरी निरीक्षक बन्दै गर्दा स्नातक तह उर्तिण नभएको भन्दै छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो। स्नातक तह उर्तिण भएको प्रमाणपत्र पेश नगरिकनै प्रहरी निरीक्षक पदमा दरखास्त दिने कुरा अख्तियारको चरम दुरुपयोग हुने भएकाले प्रमाणपत्र पेशै नगरि प्रतिस्पर्धा गरि सिंहले प्राप्त गरेको जागिर यताका सबै सेवा सुविधा असुल उपुर गरि कारवाही गर्न उजुरीमा माग गरिएको छ। यसअघि उनी दार्चुला जिल्लाको इन्चार्जको रुपमा कार्यरत थिए। २०६१ जेष्ठ १५ गते प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका सिंहले २०५८ साल मंसिर १२ गते खुल्ला गरिएको विज्ञापनमा फारम…

Read More

काठमाडाैं: दाङमा दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन्। पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गणमा कार्यरत  सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन्। उनीहरूमाथि गत असोज २४ गते सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएपछि स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए। बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका थिए। आरोप लागेका दुवैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए। उनले…

Read More

धनगढी: डडेल्धुराका कानून व्यवसायी तथा यातायात व्यवसायी सुरेश थापा पक्राउ परेका छन्। जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका-५ का थापाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपछि मालाखेती प्रहरीले नियन्त्रणमा लिएको हो। १४ असोजमा कैलालीको खानीडाँडामा होटेल संचालन गर्दै आएकी ३० वर्षीया चन्द्रकला सापकोटाले आत्महत्या गरेकी थिइन्। उनका श्रीमानले सापकोटालाई आत्महत्या गर्न बाध्य पारेको भन्दै थापाविरुद्ध जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। गाडी चलाउने क्रममा साहुनी सापकोटा र होटलमा खाना खाने र बस्ने गरेका थापाबीच हिमचिम बढेर सम्बन्ध रहेको बताइएको छ। तर, थापाले भने उक्त आरोप स्वीकार नगरेको प्रहरी स्रोतको दाबी छ। थापाको अत्तरिया-डडेल्धुरा रुटमा विगत…

Read More