Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने बताए । त्यस्तै उनले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्ने उनले बताए । त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवसजस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने पनि उनले बताए ।

Read More

बैतडी– सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो । बजारमा अनियमितता हुन नदिने गर्ने उद्देश्यले गरिने अनुगमन गत जेठ देखि हुनसकेको छैन् । चाडपर्व नजिकिएका बेलामासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो छ । कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्रीवितरण बढ्दो रुपमा रहेको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको गुनासो उपभोक्ताको छ । उपभोक्ताको…

Read More

काठमाडौं – शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमकाबीच उनी काँग्रेसमा प्रवेश गरेका हुन् । मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए । लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए । उनले काँग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए । उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको उल्लेख गरे । अभिनेता शाहीले ‘द्रव्य’, ‘सौर्य’, ‘हँसिया’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’,…

Read More

काठमाडौं – वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । बिहान ३-४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शङ्काको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको…

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ । आज दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परे भने ८७ थान पासपोर्ट जफत गरिएका हुन् । छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थाप पासपोर्ट जफत गरेको हो। उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताउनु भयो । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक…

Read More

काठमाडौं – प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताएका छन्। रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। देउवाले यी पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

Read More

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) को एउटा दरबन्दी थपेर अनुसन्धान निर्देशक (डीआईजी) ओम जोशी र हुतराज थापाको बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थपगर्दै थापा र जोशीलाई बढुवा गर्ने निर्णय गरेको हो । राअविका डीआईजीमध्ये २०७४ भदौ १४ मा बढुवा भएका ४ अधिकृतहरु मुख्य प्रतिस्पर्धामा थिए । बढुवा प्रत्यासीमा डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल थिए ।

Read More