धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको हत्या प्रकरणमा ८ जनालाई पक्राउ गरिएको छ। सोमबार बाख्रा चोरीको आरोप लगाउँदै गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय भुललाई कुटपिट गर्ने २ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूलसहित ८ जनालाई समातिएको हो। हालसम्म प्रहरीले सोही प्रकरणमा रमा रावल, जंग भुल, विशाल विक, धर्म विक, देवराज सापकोटा, दिनेश भुल, दिनेश बिकलाई पनि पक्राउ गरेको छ। शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा–११ को कान्तिपुर टोलमै गएर एक जम्भो समूहले उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक नेपाल आउन लागेका छन्। दुई महिनाअघि मात्र सो पदमा नियुक्त अमृत मोहनप्रसादको नेतृत्वमा नौ सदस्यीय टोली चार दिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ। केही समयअघि रोकिएको भ्रमण अहिले हुन लागेको हो। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको निम्तोमा आउन लागेका अमृत मोहनप्रसादको टोलीले मंसिर १ गते औपचारिक भेटवार्ता गर्ने छ। मंसिर २ गते घुमघाम र भोलिपल्ट पुनः बैठकपछि मंसिर ३ गते साँझ नयाँ दिल्ली फर्कने भ्रमण तालिका बनाइएको छ। अमृत मोहनप्रसादलाई भारत सरकारले गत सेप्टेम्बरमा महानिर्देशकमा नियुक्त गरेको थियो। सशस्त्र सीमा बल भारतको गृह मन्त्रालय अन्तर्गत केन्द्रीय सशस्त्र…
डडेल्धुरा: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा आइपुगेका छन्। उनी सोमबार बेलुकी जिल्ला सदरमुकाम आइपुगेका हुन्। चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किएका देउवालाई जिल्ला सदरमुकाममा बाजागाजासहित सो पार्टीका नेताकार्यकर्ताले स्वागत गरेका थिए। यसअघि चुनाव जितेपछि जिल्ला नफर्किने देउवा यसपटक चुनाव जितेको दुई वर्षपछि जिल्ला आएका हुन्। देउवा जिल्ला आउने भएपछि सदरमुकाम क्षेत्र र उनले भ्रमण गर्ने ठाउँमा व्यापक सरसफाइ गरिएको छ। उनी २०७० पछि पहिलोपटक सडक मार्ग भएर भ्रमण गरिरहेका छन्। २०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकोप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। सोमबार बिहान जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल र परशुरामधामको दर्शन गरेका देउवा बेलुकी जिल्ला…
डडेल्धुरा: सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत साेमबारदेखि डडेल्धुरामा सुरु हुँदै छ। गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि (दिउसेडी) कार्यक्रम हुने गरेको छ। शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिङ्ग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ। लाटा गन्याप देवताको भक्तिस्वरूप बनाइने जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेल्ने गरिन्छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ‘देउताको प्रतीक) ल्याउने…
धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर हेमराज पाण्डेलाई नियुक्त गरिएको छ। डाक्टर पाण्डेलाई सामाजिक विकास मन्त्रालयले आइतबार प्रमुख मेसुको जिम्मेवारी दिएको हो। डाक्टर पाण्डेलाई प्रदेश सचिव चक्रपाणि पाण्डेले दोस्रो पटक सेती प्रादेशिक अस्पतालको प्रमुखमा नियुक्त गरेका हुन्। डाक्टर पाण्डेलाई गत वर्ष सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको कार्यकालमा मेसुबाट हटाउन महाकाली प्रादेशिक अस्पताल सरुवा गरिएको थियो। त्यसपछि मेसुको जिम्मेवारी डाक्टर शेरबहादुर कमरलाई दिइएको थियो। यस्तै उता गेटा अस्पतालमा भने प्रमुखको रुपमा डाक्टर अशोक श्रीपाईली पठाइएका छन्।
धनगढीः कैलालीको धनगढीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। सोमबार बिहान धनगढी उपमहानगरपालिका–११ घोडसुवास्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक अन्दाजी ५५ वर्षीय पहिचान नखुलेको पुरुषको शव फेला परेको हो। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्ण गहुगोरो, उचाई ५ फिट ५ इन्च, माथिल्लो शरीरमा सेतो धर्के आस्कोट, भित्र सर्ट, तल्लो शरीरमा हाफ पाइन्ट, दाह्री फुलेको पुरुषको शव फेला परेको हो। घटनास्थल नजिकै ढाका टोपी, घगारुको लाठी, च्यादर फेला परेको हुँदा लाठी टेक्ने टोपी लगाउने पुरुष हुन सक्ने प्रहरीको अनुमान छ।
धनगढी: दार्चुलामा दुई लाख बढि रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन्। आइतबार साँझ मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका २५ वर्षीय किसनसिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार उनीहरुको साथबाट दुई लाख ३२ हजार ३७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढी: कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या गरिएको छ। गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए। कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको बोहराले जानकारी दिए। उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल(नाम परिवर्तन), २३ वर्षीय विशाल बिक र…
धनगढी: अछामको मङ्गलसेन नगरपालिका वडानम्वर १ का जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा छन्।वडाअध्यक्ष लाेकराज नाथ र वडा सचिव शिद्दराज ढुंगानासहित जनप्रतिनिधि र कर्मचारीहरुकाे टाेली रारा तथा कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा भ्रमणमा गएकाे हाे। तिहार बिदापछि कार्यालय खुलेको दिन कार्तिक २० गतेदेखि वडाका जिम्मेवार व्यक्ति कार्यालयमा नहुदा सेवाग्राहीलाई सास्ती भएको बताइको छ। बिदामा घर आएकाहरु नागरिकता सिफारिस र जन्मदर्ता लगायतका सेवा लिन वडा कार्यालमा जाँदा सेवा नपाएर फर्किने गरेका छन्।वडा कार्यालय नै खाली हुने गरि वडाका कर्मचारी र जनप्रतिनिधि घुम्न जाँदा यता वडाका जनताले भने दु:ख पाएका छन्। यस्तै अन्य व्यक्तिलाई पनि जिम्मेवारी नदिएर उनीहरू भ्रमणमा गएका…
काठमाडौं: एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन जान लागेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको औपचारिक विदेश भ्रमणको थालनी यसपटक चीनबाट हुन लागेको सन्दर्भमा त्यसअघि नै पोखरेल नेतृत्वको टोली उता जान लागेको हो। प्रधानमन्त्री ओली मंसिर तेस्रो साता औपचारिक भ्रमणमा बेइजिङ्ग जाँदै छन्। अहिले चीन जाने टोलीमा माओवादी पृष्ठभूमिका (सुदूरपश्चिमका) सचिव लेखराज भट्ट,कानुन व्यवसायी सानुराज पोखरेल,उपाध्यक्ष पोख्रेलका स्वकिय दिपेन्द्र श्रेष्ठ,कर्णालीका गोरखबहादुर बोगटीलगायत छन्। भोलिदेखि मंसिर १० गतेसम्मको यो भ्रमण चिनियाँ कम्युनिष्ट पार्टी,विदेश बिभागको निम्तोमा हुन लागेको हो। यसअघि माओवादीका ३० जनासम्मको टोलीले हरेक बर्ष चीन भ्रमण गर्दथ्यो। केही समयअघि एमाले महासचिव शंकर पोख्रेल र उपमहासचिव विष्णु…