Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीमा जनपदतर्फ रिक्त रहेको प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशित भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको अन्तिम नजिता प्रकाशन गरेको हो। परीक्षामा यसपटक एकैपटक एक हजार ८५६ जना उत्तीर्ण भएका छन्। साथै प्रहरी प्रधान कार्यालयले उत्तीर्ण भएकाहरूलाई सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू र प्रतिलिपिहरू ३-३ प्रति, पासपोर्ट साईजको फोटो ५ प्रति साथमा लिई माघ ६ गते सम्बन्धित परीक्षा केन्द्रहरूमा उपस्थित हुन भनेको छ। सूची हेर्न क्लिक गर्नुहोस्

Read More

काठमाडौं: सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ। गत शुक्रबार (२६ पुस) बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए। जस अनुसार कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने सुमनराज अर्याललाई लगिएको छ। चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सरुवा गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराईलाई सरुवा…

Read More

काठमाडौं: नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको निर्णय भएको छ। गृहमन्त्री रमेश लेखकले यसअघि बढुवा सिफारिस समितिको सिफारिस अनुसार ५ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय आइतबार गरेका हुन्। बढुवासँगै उनीहरुको पदस्थापन पनि भएको छ। इश्वर कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदास्थापन भएका छन्। राजेन्द्रप्रसाद भट्ट कार्य विभागको कार्य निर्देशनालय, दिनेशकुमार आचार्य प्रहरी महानिरीक्षकको सचिवालय, अरुण कुमार पौडेल अपराध अनुसन्धान निर्देशनालय र गोबिन्द थपलिया प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।

Read More

काठमाडौं: नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उनीहरुको पदस्थापनको निर्णय भएको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ। एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभागमा पदस्थापन भएका छन्। अर्का एआईजी रविन्द्र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ। उनीहरु दुवै जना प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरको ब्याची हुन्। उनीहरु पनि आगामी चैत ५ गते अनिवार्य अवकास हुनेछन्। गत १७ पुसमा उनीहरूलाई बढुवा सिफारिस समितिले एआईजीका लागि सिफारिस गरेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग…

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको कैलालीको जिल्ला अध्यक्षमा जनार्दन उपाध्याय निर्वाचित भएका छन्। सक्रिय पत्रकार उपाध्याय आइतबार अध्यक्षमा निर्वाचित भएका हुन्। उनको नेतृत्वमा आज अन्य पदाधिकारी पनि निर्वाचित भएका छन्। जसमा उपाध्यक्षमा खेम पाण्डेय र लक्ष्मि घिमिरे, सचिवमा ममता बाेगटी, सह-सचिवमा राजेन्द्र विश्वकर्मा र शान्ति प्रसाद जाेशी, काेषाध्यक्षमा दसिराम चाैधरी निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित पत्रकार उपाध्याय पत्रकारको हकहित र पेशागत संगठनका लागि कटिबद्ध मान्छेका रुपमा परिचित छन्। यद्यपि उनी अध्यक्षमा निर्वाचित भएपछि सेन्टरकै केही नेता तथा पार्टीको एउटा गुटले भने विरोध जनाएको छ। पार्टीको प्रचार विभागसहित प्रतिनिधिहरुको समर्थन पाएका उपाध्यायलाई एकलौटी रुपमा अध्यक्ष बनाइएको…

Read More

धनगढी: कैलालीस्थित इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत केही प्रहरी कर्मचारीहरूविरुद्ध चोरीको मोटरसाइकल प्रयोग र गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। चोरीको मोटरसाइकल प्रयोग गर्नेमा कार्यालयका लेखा प्रमुखसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) शङ्कर कोटारी र प्रहरी जवान कबिन्द्र बोहरा छन्। उनीहरूमध्ये घुमुवा समेत रहेका बोहराले कागजात नभएको चोरीका मोटरसाइकल प्रयोग गर्दछ्न् भने कोटारीले पनि चोरीकै सवारी प्रयोग गर्ने गर्दछ्न्। कोटारीले लुम्बिनी प्रदेशबाट चोरी भएको मोटरसाइकल (ब्लुबुक समेत भएको) चोरबाट समातेर आफैंले प्रयोग गर्ने गरेका हुन्। सम्बन्धित सवारी धनिलाई मोटरसाइकल नबुझाई उनले नवीकरण नगरी दुई वर्षदेखि सो चोरीको मोटरसाइकल चलाइरेको आरोप छ। उनले सो मोटरसाइकलको नम्बर प्लेटसमेत फेरेको बताइन्छ। यी…

Read More

काठमाडौं: पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ। उनको शनिबार बिहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो। विक्रम सम्वत १९८१ साल असोज दशै टिकाको दिन अछामको रिडिकोट (हाल साफेवगर नगरपालिका–७ ) जन्मिएका शाह बुढानिलकण्ठस्थित छोराहरुसँग बस्दै आएका थिए।  नेपाली कांग्रेसको एक योद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी थिए। कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलाशखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उनले नेतृत्व गरेका थिए।  उनी वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लागेका थिए। कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक…

Read More

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल राइट्स लगायतबाट हुने आम्दानी छुट्टै छँदैछ।  वर्षकै हिटमध्येको एउटा चलचित्र हो- ‘१२ गाउँ’। पुराना अभिनेता विराज भट्टले झण्डै एक दशकपछि कमब्याक गरेको यहि फिल्मबाट उनका छोरा समिर भट्टले डेब्यु गरे। बाबुछोराको ‘केमियो’ लाई दर्शकले यति मन पराए कि १२ गाउँले नेपालमा मात्रै २७ करोड कमायो।  चलचित्रको सफलतालाई सेलिब्रेसन गरिरहेका उनै विराजले छोरा समिरलाई साढे तीन करोडको कार उपहार दिएका छन्। विराजले छोराको पहिलो सफलतामा तीन करोड ६० लाख मूल्य पर्ने ल्याण्ड क्रुजर कार दिएका हुन्।  बाबुछोराकाे उपहारमा कार आदान-प्रदानको फोटो…

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेलाई सुदूरपश्चिमको बाजुराबाट प्रतिनिधि सभा सदस्य बनाउने तयारी गरेका छन्। निकट स्रोतका अनुसार लामिछानेले यस विषयमा पार्टीभित्र पनि योजना अगाडि बढाएका छन्। निकिता लामिछानेले केही समय अगाडि बाजुरामा ‘नारी टिभी’ को उद्घाटन गरेकी थिइन्। महिलाको आवाज बुलन्द गर्ने उद्देश्यले स्थापना गरिएको भनिएको यो टेलिभिजनको अधिकांश कार्यक्रम उत्पादन बाजुरामै हुनेगरी योजना बनाइएको थियो। उद्घाटन समारोहमा बाजुराकी ८४ वर्षीया नन्दा साउदलाई दीप प्रज्वलन गराएर औपचारिक सुरुवात गरिएको थियो। निकिताको सक्रियता र चुनावी तयारी२०७९ सालमा रवि लामिछाने चितवनबाट निर्वाचित भएपछि निकिता लामिछानेको बाजुरा आवतजावत बढेको देखिएको छ। सामाजिक सञ्जालमा…

Read More

धनगढी: प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो। कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेकी छन्। प्रशिक्षकको रूपमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा, र फिजियो तथा सहायक प्रशिक्षकमा दीपेन्द्र बोहरा रहेको सचिव भट्टले बताए। पुस १९ देखि २५ गतेसम्म बैतडीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा…

Read More