धनगढी: नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको कैलालीको जिल्ला अध्यक्षमा जनार्दन उपाध्याय निर्वाचित भएका छन्। सक्रिय पत्रकार उपाध्याय आइतबार अध्यक्षमा निर्वाचित भएका हुन्।
उनको नेतृत्वमा आज अन्य पदाधिकारी पनि निर्वाचित भएका छन्। जसमा उपाध्यक्षमा खेम पाण्डेय र लक्ष्मि घिमिरे, सचिवमा ममता बाेगटी, सह-सचिवमा राजेन्द्र विश्वकर्मा र शान्ति प्रसाद जाेशी, काेषाध्यक्षमा दसिराम चाैधरी निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित पत्रकार उपाध्याय पत्रकारको हकहित र पेशागत संगठनका लागि कटिबद्ध मान्छेका रुपमा परिचित छन्। यद्यपि उनी अध्यक्षमा निर्वाचित भएपछि सेन्टरकै केही नेता तथा पार्टीको एउटा गुटले भने विरोध जनाएको छ।
पार्टीको प्रचार विभागसहित प्रतिनिधिहरुको समर्थन पाएका उपाध्यायलाई एकलौटी रुपमा अध्यक्ष बनाइएको अर्को पक्षको आरोप छ। तर फेरि उपाध्यायले भने आफू विधिसम्मत अध्यक्ष बनेको भन्दै सामाजिक संजालमार्फत सबैलाई धन्यवाद व्यक्त गरेका छन्।