Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबिच आज द्विपक्षीय श्रम सम्झौता हुँदै छ । सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बिच सम्झौता गरिनेछ । बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजाने गरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ । बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तर्गत स्वास्थ्य संस्थाहरूमा काम गर्नका लागि नेपाली नर्स लैजाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले…

Read More

काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो। कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ। ​यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन्। विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने,विद्यालय सहयोगीहरूका लागि २४ हजार…

Read More

काठमाडौं – संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए। उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ। संघीय निजामती ऐनसँगै संयुक्त ट्रेड युनियन सञ्जालले अरू माग पनि उठाएका छन्। उनीहरू क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन्। त्यस्तै, तीनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित…

Read More

काठमाडौं – दार्चुलाका २० हजार बढि बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको छ । पाँचदेखि ११ वर्ष मुनिका जिल्लाभरीका २० हजार ३ सय ९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुरपरभाइजर बीरेन्द्र भट्टका अनुसार यही सोमबारदेखि १० गतेसम्म जिल्लाभरी खोप अभियान सुरु भएको छ । ९ वटै स्थानीय तहका चार सय २९ वटा खोप केन्द्रमार्फत खोप लगाउन थालिएको हो । खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको छ । भट्टका अनुसार महाकाली नगरपालिकामा ६४ वटा…

Read More

काठमाडौं – आज साताको पहिलो दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य घटेको छ । सुन २०० रुपैयाँले घटेर आज प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ८०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौं – नेपाल धितोपत्र बोर्डले आइपीओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । उनका अनुसार अब आइपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल गरिने निर्णय भएको छ । सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए। सार्वजनिक निष्कासनमा बोर्डबाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ ।

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरबार कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’ आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए । सभामुखले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको…

Read More

काठमाडौँ – मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट दुई वटा पेस्तालसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतबार स्थानीय २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो। को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्यागजीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्रेको हो। आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ। धिमालले प्रयोग गरेको को २२ प…

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदीप गिरिको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् । “समाजवादमा प्रदीपजीको गहिरो निष्ठा थियो । पार्टीलाई सिद्धान्त र आदर्शलाई हुबहु अपनाउन प्रेरित गर्नुहुन्थ्यो । प्रदीप गिरिको नीति भनेको कांग्रेसको मौलिक नीति हो । निमुखालाई न्याय अनि विपन्नलाई आय दिने र पार्टीलाई समावेशी बनाउने उहाँको धारणा थियो । सामाजिक न्याय, भूमिसुधार, किसानलाई राहत दिने कुरामा प्रदीपजी र मेरो धारणा मिल्थ्यो । आगामी दिनमा प्रदीप गिरिजस्ता साथीहरुको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता…

Read More

काठमाडौं – टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ। दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य…

Read More