Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुलामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। केहीसमय यता जिल्लामा कोरोना संक्रमणदर बढन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । छिमेकी राष्ट भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको बताएको छ । यसैचिव जिल्ला अस्पताल दार्चुलाले सोमबार एक सुचना जारी गदै कोभिड १९ संक्रमित बढी रहेकोले अस्पतालमा आउने विरामी तथा उनका कुवरुवाहरुले सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्र अस्पताल आउन भनेको छ । यस्तै विरामीको साथमा एक जना मात्रै कुरुवा बस्न समेत अस्पतालले सुचना मार्फत जानकारी दिएको छ । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४१५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८१४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये २७ सय ६२ पीसीआर परीक्षण गर्दा ५०९ र २६ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९९ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा कसैको पनि मृत्यु भएको छैन । काठमाडौं उपत्यकामा मात्रै ३१३ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा २५३, ललितपुरमा ३६ र भक्तपुरमा २४ रहेका छन् । योसँगै…

Read More

काठमाडौं – एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले बताउनुभयो । दुई हजार ७४३ जना विदेशी पर्यटक मनाङहुँदै पाँच हजार ३०० मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ आएका हुन् । यसैगरी एक हजार ५६६ जना पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । कागबेनीदेखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित…

Read More

काठमाडौं – नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफूल नेपाल भित्रिएको छ । गत वर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात…

Read More

काठमाडौं – भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक रहेको बताएकी छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तयार गरेको गत वर्षको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिइन्। सहकारीहरु मूल्य, मान्यता, सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिँदै उनले सहकारीहरु समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह गरिन् । सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास तथा समृद्धिका लागि भूमिका महत्वपूर्ण हुने भन्दै उनले सहकारीले सदस्य केन्द्रित भई व्यवसायिक बनाउनुपर्नेमा उनले जोड दिइन्। मन्त्रीलाई बुझाइएको प्रतिवेदनमा सहकारीलाई सहकारीकै रुपमा सञ्चालन नगर्दा र सहकारी…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने लक्ष्य बोकेर बजेट ल्याइएको र त्यसले किसानको भूमिकालाई माथि उठाउने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)द्वारा आज राजधानीमा आयोजित ३०औँ किसान शहीद दिवस तथा ६९औँ भीमदत्त पन्त स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषिमा आधारित उद्योगमार्फत देशमा कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको जानकारी दिनुभयो । त्यसका लागि किसानको भूमिका ठूलो हुने उहाँको भनाइ छ । “म किसान नेतालाई आह्वान गर्न चाहन्छु, तपाइँहरुको अगुवाइमा अबको उत्पादन अभियान अघि बढोस्, काठमाडौँमा आयात हुने तरकारी वरिपरिका जिल्लाले पूर्ति…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि सञ्चालित प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले समापन गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा प्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पुर्‍याउने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् । म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् । केही दिनयता भइरहेको वर्षासँगै आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा क्षति गरिरहेका बेला गृहमन्त्री खाणले क्षतिको जानकारी दिई पीडितको राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् ।

Read More

लमजुङ– मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँ बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १० करोड ३४ लाख १८ हजार ४६ रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा विभिन्न शीर्षकमा भएको कारोबार तथा सेवा शुल्कमार्फत राजस्व संकलन भएको हो । कार्यालयका अनुसार आर्थिक वर्षमा सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट राजस्व संकलन भएको छ । घरजग्गा लिखत दर्ताबाट मात्र ६ करोड २९ लाख ६५ हजार दुईसय ७९…

Read More

गलेश्वर- म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए। “पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ”, वडा सदस्य पुनले भने। खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक,राजु विक र रोजी…

Read More