Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् । महेन्द्रनगर पोष्टका सम्पादक समेत रहेका धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको “कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की” शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् रु तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएका हुुन् । ‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् । यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको…

Read More

धनगढीः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुदूरपश्चिमका ३४ मध्ये ३३ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। सार्बजनिक विवरणअनुसार नेकपा एमाले निकट अनेरास्ववियु १६ क्याम्पसमा जित निकाल्दै पहिलो विद्यार्थी शक्ति बनेको छ। आइतबार त्रिभुवन विश्वविद्यालय अन्तरगतका ३६ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो। डोटी क्याम्पसमा विवादका कारण मतदान रोकिएको थियो। त्यहाँ निर्वाचन स्थगित भएको छ। निर्वाचन सम्पन्न भएका क्याम्पसहरूको नतिजा हेर्दा सोमबार दिउँसोसम्म अनेरास्ववियुले १६ वटा क्याम्पसमा जित हात पारेको छ। कांग्रेस निकट नेपाल विद्यार्थी संघले ८, माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले ८, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको क्रान्तिकारीले १ क्याम्पसमा जित हासिल गरेको छ। बाजुराको बुढीनन्दा क्याम्पसमा भने मत गणना रोकिएको छ।

Read More

धनगढी : कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई धम्की आएको छ। स्रोतका अनुसार नेविसंघका केही नेताहरुले स्वतन्त्र उम्मेदवारहरुलाई धम्की दिएको आरोप लागेको हो। हिजो आफूलाई धम्की आएको कुरा स्वतन्त्र उम्मेदवारद्वय कमला तिमिल्सिना र धुर्व न्यौपानेले सामाजिक संजालबाट जानकारी दिएका थिए। तर, धुर्वले भने त्यो स्टाटस नै हटाएका छन्। र आज स्वतन्त्र उम्मेदवारी निष्कृय पारेको घोषणा गरेर नेविसंघलाई सहयोग गर्ने जनाएका छन्। यस्तै तिमिल्सिनाले पनि धम्कीले केही फरक नपर्ने भन्दै चुनाव लड्न धम्की दिनेहरुलाई आह्वान गरेकी छन्। भोलि यहाँ स्ववियु निर्वाचन हुँदै छ।

Read More

धनगढीः नेकपा (एमाले) निकट अनेरास्ववियुका कैलाली जिल्ला अध्यक्ष किशोर शाहले कैलालीमा अनेरास्ववियुले इतिहास रचेको बताएका छन्। महेन्द्रनगर पोष्टसँग कुराकानी गर्दै शाहले यस्तो बताएका हुन्। अध्यक्ष शाहले कैलालीमा अहिलेसम्म अनेरास्ववियुले ५ वटा क्याम्पसमा स्ववियु निवाचन जितेको भन्दै इतिहास कायम गरेको बताए। ‘अनेरास्ववियुले जिल्लाभरमै अहिलेसम्मकै इतिहास कायम गरेको छ। कैलालीमा हाम्रो संगठन सबैभन्दा ठूलो र एक नम्बर संगठन बनेको छ, ’ उनले भने, ‘नेविसंघ लगायतका अन्य संगठनहरुले अहिले चुनावमा सत्ता सरकार र पैसा सबै लगाए। तर हामी केवल विचारको भरमा लड्यौं। हामीले विचारको लडाइ लडेर जितेका हौ। हामीले अब शिक्षा क्षेत्र सुधार, प्रशासन सुधार र समाज परिवर्तनको लडाइ जितेको महसुस भएको छ।’…

Read More

धनगढीः धनगढीमा चट्याङ परेको छ। आज धनगढी उपमहानगरपालिका ५ तारानगर बस्ने कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो। क्षति -दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २.५ फिट प्वाल परेको।-गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिनमा क्षति।-सोही ग्यारेजमा पार्किङ्ग गरी राखेको बा०१-०२६च ५१०८ नं को कार पछाडीको सिसा फुटेको अन्य भागमा पनि भएको।-से६प ७४६६ नं को स्कुटीमा क्षति।-घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको।

Read More

धनगढी : सरकारले कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा कार्यरत डिआइजी श्यामलाल ज्ञवालीको सोमवार बढुवा गरेको थियो। उनी बढुवा भएर भोलि दर्ज्यानी चिन्ह भिर्ने तयारीमा छन्। तर, उनलाई अख्तियार दुरुपयोग तथा अनुसन्धानको कार्यालयले भने कारबाही गर्न भन्दै गृहमन्त्रालयलाई पत्राचार गरेको खुलेको छ। स्रोतका अनुसार सोमवार नै इन्सपेक्टरमै डिस्क्वालिफाइड हुनुपर्ने ज्ञवालीलाई कारबाही गर्न निर्देशन दिदै अख्तियारले गृहलाई पत्राचार गरेको हो। अख्तियारको आन्तरिक छानविनमा ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको देखिएको छ। जबकी नेपाल प्रहरीको प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ।उननलाई एआइजी बनाउन कृष्ण बहादुर महरा, व्यापारी रवी केसी लगायतले प्रेसर गरेको समेत स्रोतको…

Read More

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ। सो क्याम्पसमा अनेरास्ववियुको कुबेर खड्का नेतृत्वको टिम नै विजयी भएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राइले जानकारी दिए। सभापतिमा कुबेर खड्का विजयी भएका छन् भने उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दिपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दिपक जोशी, दिपकराज जोशी र आशा बिष्ट विजयी भएको उनले बताए। उनका अनुसार यहाँ प्रतिस्पर्धामा रहेको नेविसंघको टिम भने पराजित बनेको छ।

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना जारी छ। अहिलेसम्मको प्रारम्भिक गणनामा नेकपा एमाले निकट अनेरास्ववियुले अग्रता लिएको छ। अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले ४०० मत गन्दा अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार कुबेर खड्काले २३५ मतसहित अग्रता लिएको जानकारी दिए। यस्तै उनलाई पछ्याइरहेका नेविसंघका महेश जोशीले १२५ मत ल्याएका छन्।

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना जारी छ। अहिलेसम्मको प्रारम्भिक गणनामा नेकपा एमाले निकट अनेरास्ववियुले अग्रता लिएको छ। अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले २०० मत गन्दा अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार कुबेर खड्काले ११३ मतसहित अग्रता लिएको जानकारी दिए। यस्तै उनलाई पछ्याइरहेका नेविसंघका महेश जोशीले ६१ मत ल्याएका छन्।

Read More

अछामः अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्। शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो। करणी गरेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको  छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए। घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन्।

Read More