धनगढी : कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई धम्की आएको छ। स्रोतका अनुसार नेविसंघका केही नेताहरुले स्वतन्त्र उम्मेदवारहरुलाई धम्की दिएको आरोप लागेको हो।
हिजो आफूलाई धम्की आएको कुरा स्वतन्त्र उम्मेदवारद्वय कमला तिमिल्सिना र धुर्व न्यौपानेले सामाजिक संजालबाट जानकारी दिएका थिए। तर, धुर्वले भने त्यो स्टाटस नै हटाएका छन्।
र आज स्वतन्त्र उम्मेदवारी निष्कृय पारेको घोषणा गरेर नेविसंघलाई सहयोग गर्ने जनाएका छन्।
यस्तै तिमिल्सिनाले पनि धम्कीले केही फरक नपर्ने भन्दै चुनाव लड्न धम्की दिनेहरुलाई आह्वान गरेकी छन्। भोलि यहाँ स्ववियु निर्वाचन हुँदै छ।
Facebook Comments Box